२० महिनापछि नेकपाको केन्द्रीय कमिटी बैठक
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक बुधबारबाट काठमाडौंमा सुरु हुने भएको छ । पार्टी एकीकरणको २० महिनापछि दोस्रोपटक बस्न लागेको बैठक बिहान ११ बजे राष्ट्रियसभा गृहमा आयोजित समारोहबीच अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधनबाट सुरु हुनेछ ।
चार सय ४१ सदस्यीय केन्द्रीय कमिटी सदस्यहरूको छलफलका लागि पार्टी कार्यालय धुम्बाराही र पेरिसडा“डास्थित कार्यालय दुवैतिर सा“घुरो हुने भएकाले नेकपाले राष्ट्रियसभा गृहमै बैठक बोलाएको हो । ३ जेठ २०७५ मा पार्टी एकीकरण भएको एक सातापछि १० जेठमा प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो केन्द्रीय कमिटी बैठक बसेको थियो । त्यस संक्षिप्त बैठकलाई पार्टी एकताको महŒवका विषयमा केन्द्रित रहेर अध्यक्षद्वय ओली र प्रचण्डले सम्बोधन गरेका थिए । केवल निर्वाचन आयोगमा पार्टी दर्ताको हस्ताक्षर प्रयोजनका लागि बैठक बोलाइएका कारण त्यस बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना विचारहरू प्रस्तुत गर्न पाएका थिएनन् । तर, एकीकरणको २० महिनापछि पहिलोपटक केन्द्रीय सदस्यहरूले खुला छलफल गर्न पाउनेगरी यो बैठक बोलाइएका कारण पनि निकै महŒव र चासोका साथ हेरिएको छ । त्यस्तै, केन्द्रीय सदस्यहरू पनि उत्साही देखिएका छन् ।
१९ माघसम्म चल्ने केन्द्रीय कमिटी बैठकका लागि मंगलबार सा“झ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले एजेन्डाहरू तय गरेको छ । बैठकका लागि अध्यक्ष ओली र प्रचण्डको परिमार्जनसहितको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, सचिवालय र स्थायी समिति बैठकले गरेका निर्णयहरू, विविधजस्ता मुख्य एजेन्डाहरूमा छलफलको तयारी भइरहेको केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बुधबारलाई बताए । बैठकमा छलफलका लागि गत ६ पुसमा सम्पन्न स्थायी समिति बैठकले पास गरेको राजनीतिक प्रतिवेदनलाई अध्यक्ष ओली र प्रचण्डले अन्तिम रूप दिइसकेका छन् । बैठक उद्घाटनको दिन सबैलाई प्रतिवेदन बा“डिसकेपछि ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीका नेताहरूलाई १५ वटा समूहमा विभाजन गरेर छलफल गराउने नेकपाको तयारी छ । यसअनुसार हरेक समूह २९ या ३० जनासम्मको हुने बताइएको छ । प्रस्तावित एजेन्डामा समूहगत छलफलमा आउने सुझाव नोट गरेर प्रस्तुत गर्नका लागि १६ गते टोली नेता छनोट गरी छलफल अघि बढाउने नेकपाको तयारी छ । १७ र १८ गते दुई दिनसम्म सबै टोलीका सुझाव बैठकमा प्रस्तुत गर्ने र १९ गते अध्यक्षले राजनीतिक प्रतिवेदन र महासचिवले विधान संशोधनमाथि उठेका प्रश्नका जवाफ दिएर बैठक समापन गर्ने नेकपाको तयारी छ । बैठकको तयारीका लागि अध्यक्ष ओली र प्रचण्डले तीन दिनदेखि लगातार छलफल गर्दै आएका छन् । उनीहरूबीच पार्टीभित्र एकताको सन्देश दिनेगरी सम्बोधन गर्ने सहमति भएको बुझिएको छ ।
पार्टी एकीकरण सम्पन्न भएको लामो समयसम्म पूर्णता नपाउ“दा केन्द्रदेखि वडासम्मका कमिटीहरू चलायमान हुन सकेका छैनन् । ८ लाख संगठित सदस्यहरूको सदस्यता नवीकरण र जिम्मेवारी व्यवस्थापन हुन सकेको छैन । एकीकरण प्रक्रियाले लगभग पूर्णता पाइसके पनि सबै तहका कमिटीहरूमा कार्यविभाजनले अझै पूर्णता नपाउ“दा एक हिसाबले ९० प्रतिशत पार्टीको शक्ति बेरोजगारजस्तो अवस्थामा छ । पार्टी एकीकरणपछि एकताको सन्देश दिनेगरी देशव्यापी अभियान र प्रशिक्षण, आमसभाहरू हुन सकेका छैनन् । नेता–कार्यकर्ताहरूमा अझै पूर्वसमूह, गुट–उपगुटको भावनाले जरा गाडिरहेकै अवस्थामा भावनात्मक एकताको टड्कारो आवश्यकता छ । पार्टीभित्र अनुशासनहीनता झाँगिँदै गएको छ । पार्टी, समूह, संस्थागत निर्णय, विधि, पद्धतिको स्थान अराजकता, हुल्लडबाज, बाहुबलले लि“दै गएको छ । अवसरवादीहरू मात्र हाबी हु“दै जाने, पुँजीवादी संस्कृति मौलाउँदै गएपछि इमानदार नेता–कार्यकर्ताहरूको धेरै ठूलो पंक्ति लाखापाखा लाग्नुपर्ने स्थिति छ । सरकार गठन भएको दुईदेखि साढे दुई वर्षको समय व्यतीत हु“दा पनि पार्टी र सरकारबीच नियन्त्रण र सन्तुलनको अवस्था छैन । पार्टीले सरकार चलाउनुपर्ने भए पनि माथिदेखि तलैसम्म विधि र पद्धति खलबलिएको छ । तीनवटै तहमा सरकारका कामहरूको वस्तुनिष्ठ समीक्षा गरेर शिक्षा लिँदै अघि बढ्नुपर्नेमा कतै पनि त्यस्ता काम हुन सकेका छैनन् । यी सबै परिप्रेक्ष्यमा लामो समयपछि केन्द्रीय कमिटी बैठक बस्न लागेको छ । त्यसैले, यी तमाम समस्या सम्बोधन गर्दै पार्टीलाई नया“ ऊर्जा र गतिका साथ अघि बढाउन नेकपाको आजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकले महŒवपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । गत स्थायी समिति बैठकमा राजनीतिक प्रतिवेदनमा पार्टीलाई नया“ गति दिनेगरी ६ महिने कार्ययोजना प्रस्तुत भएको थियो । तिनै कार्ययोजनाका आधारमा पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने, सरकारको कामलाई थप प्रभावकारी बनाउनेलगायत विषयमा केन्द्रीय कमिटीले महŒवपूर्ण निर्णय गर्ने र त्यसले मुलुकलाई समेत सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply