उपप्राध्यापकद्वारा विदेश पठाइदिने भन्दै ठगी
काठमाडौं । बाल्मीकि क्याम्पसका उपप्राध्यापक तथा नेविसंघका पूर्वसहमहामन्त्री विष्णु पन्थीविरुद्ध प्रहरीमा ठगी गरेको आरोपमा उजुरी परेको छ । पन्थीले सशस्त्र प्रहरी बलका एक व्यक्तिलाई शान्ति मिसनमा पठाइदिन्छु भनी २ लाख ७५ हजार रुपैयाँ ठगी गरेको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
नेविसंघका पूर्वसहमहामन्त्री पन्थीले आफू राजनीतिक व्यक्ति भएको र सशस्त्र प्रहरीका प्रमुखसँग आफ्नो राम्रो सम्बन्ध भएको भन्दै आफूबाट पैसा बुझेको पीडितले बताए । ठगी आरोपित पन्थीको रावा बैंक ठमेल शाखामा रहेको खातामा २०७३ फागुन १९ गते ७५ हजार र उनको श्रीमती लक्ष्मी अर्याल पन्थीको नाममा रहेको प्रभु बंैकको खातामा १ लाख रुपैयाँ जम्मा गरिदिएको पीडितको जाहेरीमा उल्लेख छ ।
१ लाख रुपैयाँ भने ठगी आरोपी पन्थीको हातमा दिएको पीडितको भनाइ छ । लामो समय हुँदा पनि भनेअनुरूपको आफ्नो काम नभएपछि पन्थीलाई भेट्दा उल्टै धम्कीपूर्ण शब्द प्रयोग गरी त्रास देखाएको पीडितको आरोप छ । आफूले दिएको पैसासमेत फिर्ता नगर्ने बताएपछि बाध्य भएर प्रहरीकहाँ जानुपरेको उनको भनाइ छ ।
ठगी आरोपी पन्थीले कांगे्रस नेता कृष्ण सिटौला र गगन थापा आफ्नो मान्छे भएको र आफूलाई कसैले पनि केही गर्न नसक्ने बताएको पीडितले बताए ।
यस सम्बन्धमा प्रहरी परिसर काठमाडौंमा सम्पर्क गर्दा ठगी आरोपी पन्थीलाई बोलाएर कुराकानी भइरहेको र ठगी आरोपी पन्थीले शान्ति मिसनमा पठाइदिन्छु भनी लगेको पैसा फिर्ता गर्न मन्जुर भएको बताएको छ । तर, पीडितको माग भने पैसा फिर्ता मात्र नभएर कानुनबमोजिमको सजाय हुनुपर्छ भन्ने रहेको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
- चार प्रदेशमा विहानैदेखि बर्षा
Leave a Reply