म पो बिचौलिया बन्नुपर्ने रे ?
कम्युनिस्ट पार्टीलाई नेपाली जनताले ठूलो आशा र विश्वासका साथ मुलुकको बागडोर सम्हाल्न अवसर दिएका छन् । यो अवसरलाई हामीले योग्यता, क्षमता र सामूहिक बुद्धिका आधारमा अनि आजसम्मका अनुभवका प्रकाशमा हामीले जिम्मेवारी सम्हाल्नु छ । घोषणापत्र बनाउँदा र पार्टी एकता गर्दा हामीले विचार अघि सारेका छौं, समाजवाद उन्मुख अर्थनीति बनाएर समाजवादको आधारशिला तयार गर्ने । यसैका आधारमा जनताले हामीलाई विश्वास गरेका छन् । जनताका ती अपेक्षाहरू, चाहनाहरू कति मात्रामा पूरा गर्न सक्यौं या कति सकेनौं ? छलफल गर्ने उपयुक्त ठाउँ पार्टी कमिटी हुन्छ । केन्द्रको हकमा केन्द्रीय कमिटी हो । त्यो नससकेको अवस्थामा पोलिटब्युरो हुनुपर्ने हो । पोलिटब्युरोको नामबाटै तर्सिने भएकाले अहिलेसम्म बनेको छैन । विधानको सिधै उल्लंघन भएको छ । त्यसपछि रहेको स्थायी कमिटी त तर्साउने भूत भएको छ । बैठकको नाम लियो कि राति निद्रा नलाग्ने अवस्था भएको छ ।
अब पार्टीका विभिन्न निकाय सचिवालय होस्, स्थायी कमिटी होस् वा केन्द्रीय कमिटी । प्रदेशको हकमा प्रदेश कमिटीहरू, जिल्लाको हकमा जिल्ला किमिटीहरू, स्थानीय तहका कमिटीहरू, विभिन्न जनवर्गीय संगठनसम्बद्ध कमिटीहरू नियमित रूपमा सञ्चालित हुनुपर्ने हो । तर, आज अवस्था के छ भने पार्टी एकीकरणको काम अघि बढ्न सकेको छैन । पार्टी एकीकरणका काम टुंग्याउने भनेर धेरैपटक प्रतिबद्धता जाहेर गरियो, त्यो समयमा कहिल्यै हुन सकेन । जबकि, एकीकरणको यो काम टुंग्याउन कुनै गाह्रो छैन । पहिलो दिन बसेर एउटा विधि तोकिदिएको भए एक हप्तामा गर्न सकिन्थ्यो । यो एकीकरणको पहिलो अनुभव होइन । हाम्रो आफ्नै अनुभवका आफ्नै शृंखला छ । विगतमा पनि हामीले बडो कुशलताका साथ काम गरेका छौं । अहिले पनि गर्न सकिन्छ । तर, विधिमा पर्छ ।
पारदर्शी ढंगले नचल्ने, म नै राज्य हुँ, म नै पार्टी हुँ भन्ने मान्यता भएकाले एकीकरणको काम पूरा हुन सकेको छैन । अहिलेसम्म पनि सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, लेखा, निर्वाचन किमटि, अनुशासन कमिटी यी कुनै पनि कमिटी बनेको छैन । यो सबै हेर्दा एक प्रकारले लठिभद्र अवस्था छ । एकप्रकारले पार्टी कागजमा सीमित हुन पुगेको छ । हजारौं हजार कार्यकर्ता असंगठित अवस्थामा छन् । र हप्ता, दिन महिना होइन, वर्ष बितिसकेको छ । चिन्ता हुनुपर्ने ठाउँमा चिन्ता छैन । यी सबैले गर्दा हामी चिन्तित बनेका छौं । तर, अझ के व्याख्या गर्न खोजिँदैछ भने म त महाधिवेशनबाट आएको हुनाले कसैले हटाउन सक्दैन । यसबारे धेरै बताइरहनु पर्लाजस्तो लाग्दैन ।
तत्कालीन दुई पार्टीका अध्यक्षलाई आ–आफ्नो केन्द्रीय कमिटीका तर्फबाट अधिकार प्रदान गरियो । प्राप्त अधिकारका आधारमा दुवै पार्टी विघटन गरिए । त्यसपछि नयाँ पार्टी र त्यसको संगठनात्मक स्वरूप अगाडि सारियो । केन्द्रीय समिति घोषणा गरियो । केन्द्रीय कमिटीको बैठक बस्यो र अनुमोदन ग¥यो । र, त्यसकै आधारमा विधान बन्यो र सिंगो पार्टी त्यही विधानबाट चल्नुुपर्छ । कसैको मनोगत व्याख्याबाट चल्न सक्दैन ।
यो पार्टी कुनै व्यक्तिविशेषले चलाइरहेको छ कि ? यो भ्रममा रहनुहुँदैन । हामी सबैको आ–आफ्नो जिम्मेवारी होला, त्यो जिम्मेवारी विधानले गरेको व्यवस्था अनुसार होला । विधान पल्टाएर हेरौं, पार्टी अध्यक्षका अधिकारहरू के–के छन् ? पार्टीको घोषणामा के लेखिएको छ ? एकजना सम्मानित व्यक्ति मकहाँ आएर भन्नुभयो, ‘दुई नेताका बीचमा सहमति हुन नसक्दा, महाधिवेशनसम्म सहमतिबाटै चल्नुपर्ने भएकाले कमरेडले बिचौलियाको भूमिका खेल्नुप¥यो ।’ मलाई पो बिचौलिया बन्न भनियो । यहाँ विचौलियाहरू बदनाम भइरहेका छन् । मैले पो बिचौलियाको भूमिका खेल्नुपर्ने रे । मैले पो सेटिङ गर्दै हिँड्नुपर्ने रे ।
अनि मैले उहाँलाई विधान पढेर सुनाएँ । दंग पर्नुभयो । ल हेर्नुस्, मसँग सक्कली कागज छ, यहाँ त प्रस्ट लेखेको छ, ‘पार्टी भनेको लेनिनवादी संगठनात्मक सिद्धान्तका आधारमा, सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वका आधार प्रणालीको आधारमा सञ्चालित हुनेछ । पार्टीका सबै निर्णय संगठनात्मक प्रणालीका आधारमा हुनेछन् । विधानले गरेको आन्तरिम व्यवस्थाका आधारमा हुनेछ । बिधानको धारा ६० मा आँखा गयो । चस्माको पावर कम हुनेले पनि पढ्न सक्नेगरी बोल्डमा लेखेको रहेछ । बहुमतको निर्णय पार्टीको निर्णय । केही कन्फ्युजन नरहने गरी त्यो बेला कस्तो बुद्धि पुयाइएछ । शीर्षक नै लेखिएको रहेछ, बहुमतको निर्णय पार्टीको निर्णय । तर, अहिले स्थायी कमिटीमा भएकाहरूले कस्तो ब्याख्या गर्दैछन् भने महाधिवेशनसम्म जम्मै कुरो सहमतिबाट हुन्छ । ती मित्रले बिर्सिए, माधव नेपाल पनि यही कमिटीको एउटा महŒवपूर्ण व्यक्ति हो । सुरुदेखि कराइरहेको छ । फरक मत राख्नुस् भनेपछि खुरुक्क राखेर बसेको छ । अनि हामी फरक मत राखेर बस्दा हुने, अध्यक्ष फरक मतमा रहन सक्दैन ? अध्यक्षको पनि फरक मतमा रहन सक्छ ।
सचिवालय छ भने पाँचजनाले गर्ने कमिटीको निर्णय हुन्छ । विवाद भयो भने स्थायी कमिटीमा जान्छ । त्यहाँबाट बहुमतले गर्ने निर्णय पार्टीको हुन्छ र केन्द्रीय कमिटीमा जान्छ । महाधिवेशन अगाडि केन्द्रीय कमिटी अन्तिम निकाय हुन्छ र बहुमतले निर्णय गर्न सक्छ । यसबारे तपाईहरू पनि प्रस्ट हुनुस्, पार्टी विचार, नीति र पद्धतिबाट चल्छ । र, यो सबैले पालना गर्नुपर्छ । आफ्नो आफ्नो तहको कमिटीभित्र कमिटी प्रणालीबाट चल्नुपर्छ । अहिले यसमै समस्या खडा भएको छ ।
समाजवादको कुन मोडलमा जाने ? बहुदलीय जनवादबारे के लेखिएको छ ? पार्टीमा बहस गर्न सकिन्थ्यो । यसबारे जेठ ३ को घोषणामा प्रस्ट देखिएको छ । हाम्रा लागि राष्ट्रको हित पहिलो हो । दोस्रो, जनताको हित हाम्रो केन्द्रबिन्दुमा हुनेछ । तेस्रो, हामी कम्युनिस्ट भएकाले कम्युनिस्ट पार्टीको हित केन्द्रमा हुनेछ । त्यसबाटै हामी गाइडेड हुनुपर्छ । सबै व्यक्ति गौण हुन्छ । मान्छे आउँछन्, जान्छन्, आन्दोलन चलिरहन्छ ।
यसै सन्दर्भमा मैले हेरें चर्चा गर्न खोजेको थिएँ, समस्या कहाँ छ त ? पार्टीको बैठक समयमा नबस्ने । अहिले हाम्रा अध्यक्ष र वरिष्ठ नेता सधैं धाइरहनुभएको छ बालुवाटारमा फकाउन । एकजना कमरेडले (म्यासेज) पठाउनुभएको थियो, बैठकबाट डराउने नेता, पानीबाट डराउने किसान को केही काम छैन । पार्टीको बैठकमा त हामी जस्तोसुकै विषयमा छलफल गर्दै आएका छौं । तात्तातो भएको छ । रातोपिरो भएको छ । टेबुल ठोकाठोक भएको छ र हल पनि भएको छ । सहमतिबाट भए सहमतिबाट, नभए बहुमतबाट हल हुन्छ । हामी कहिले बहुमतमा रहेका छौं, कहिले अल्पमतमा रहेका छौं । आफ्नै कमिटीका मान्छेले मान्दैनन् भने जबर्जस्ती गर्न पाइँदैन । त्यसो हुनाले केही असमझदारी, अविश्वास छ भने बसौं, छलफल गरौं र सहज ढंगले पार्टीलाई अगाडि बढाउने काम गरौं । हाम्रो जोड यही हो ।
नियमित बैठक बसौं भनेका थियौं तर बैठक बसे पनि गम्भीर छलफल नहुनु, बीचबाटै छाडेर जानु र निरन्तर गुटगत क्रियाकलाप जारी राख्नु समस्या हो । पार्टी विधिसम्मत रूपमा नचलाउनु र पार्टी कागजमा सीमित हुनु, जनवर्गीय संगठनको एकता टुंगो लगाउन नसक्नु, आफूखुसी आफ्ना गुटका अयोग्य मान्छे वा गोजीबाट फुत्त निकाल्दै नियुक्ति दिने गरेको भ्रष्ट र आसेपासेहरूको संरक्षण हुने गरेको, पार्टीमा असहिष्णु व्यवहार हुने गरेको, पार्टीलाई विसर्जनको अवस्थामा लाने गरेको छ सरकार सञ्चालनबारे पार्टीमा सल्लाह नहुनुजस्ता समस्या पनि देखिएका छन् ।
सरकारका कामबारे जनतामा गम्भीर प्रश्न खडा भएको छ । कुनै पनि सुझाव र आलोचनाप्रति असहिष्णु भएको, पार्टीमा चरम व्यक्तिवाद र कूटनीतिक मामिलामा समेत अयोग्यता प्रदर्शन गर्दै देशलाई गम्भीर नोक्सान पु¥र्याउने काम भएको छ । विषय यो हो । तर, विषय पदको हारालुछ हो । पदको लडाइँ हो भनेर प्रचार गरिएको छ । त्यसका लागि माधव नेपाल बालुवाटार गएर प्रभु मलाई प्रधानमन्त्री वा अध्यक्ष बनाउनुप¥यो भनेर भन्यो भन्दै समाचार सम्प्रेष्ण गरिएको छ । यो सबै गलत हो ।
मैले प्रस्ट भनेको छु, हामीले प्रस्ट पारेका छौं, यो पदको लडाइँ होइन । यो सुविधाको लडाइँ होइन । पार्टीलाई क्रान्तिकारी बनाउने, गतिशील बनाउने विधिसम्मत रूपमा सञ्चालन गर्न राम्रो संस्कार हुर्काउन, जनतामा आशा जगाउन र जनतामा नयाँ आशा र विश्वास जागृत गराउने हो । हामी पदका लागि लडेका पनि छैनौं । हामीले कुनै आग्रह÷पूर्वाग्रह पनि पालेका छैनौं, बदलाको भावना पनि छैन । राम्रो होस् भन्ने सोचाइका साथ लागेका छौं । बैठकमा जानुप¥यो, छलफल गर्नुप¥यो । सहमति भए सहमति, नभए बहुमतको निर्णय मान्नुप¥यो । अनि आफूलाई अनुशासन नलाग्ने, अरूबारे चाहिँ कुरा गरेर केही अर्थ छैन । यही सिलसिलमा अहिले बहस जारी छ ।
(सम्बोधनमा आधारित)
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply