ग्रिनसिटीको यतिसम्म ज्यादती
काठमाडौं । तामझामका साथ खुलेको धापासीस्थित ग्रिनसिटी अस्पतालको असली रूप उदांगिएको छ । अस्पतालले बिरामीहरूको स्वास्थ्यजस्तो गम्भीर विषयमा खेलबाड गरी पैसा असुल्ने धन्दा जारी राखेको छ ।
पहिले प्रतिबन्धित नेटवर्किङ व्यापारमा संलग्न रहेका लोकबहादुर टन्डन यो अस्पतालको अध्यक्ष छन् । हुन त टन्डन आफूलाई समाजसेवी भन्न रुचाउँछन् । तर, उनले नेतृत्व गरेको अस्पतालले केही देखावटी सामाजिक कामको प्रचार गरेर जनताको घरखेत नै उठ्नेगरी उपचारको नाममा पैसा सकाइदिने र बिरामीलाई अलपत्र पार्ने काम गर्दै आएको गुनासो छ । यसको प्रत्यक्ष मारमा मकवानपुर निवासी सञ्चारकर्मी एवं कलाकार देव लामा परेका छन् । डेढ वर्षअघि उपचारका लागि लामाकी पत्नीले सो अस्पतालमा लगेको र ४२ लाखभन्दा बढी रकम खर्च गरिसक्दा पनि उपचार ठीक हुनुको सट्टा गलत उपचार गरेर बिरामीको झनै दुरवस्था भएको छ । कलंकी काठमाडौंका अस्थायी बासिन्दा लामालाई बचाउन अहिले देव लामा बचाउ अभियान तथा संघर्ष समितिसमेत गठन भएको छ । सो समितिको पहलमा पत्रकार सम्मेलन आयोजना गरी ग्रिनसिटी अस्पतालले देव लामाको शल्यक्रिया गलत तरिकाले गरेको र पीडित परिवारको अत्यधिक रकम खर्च गराएको आरोप लगाएको छ ।
रिपोर्टर्स क्लबमा कार्यक्रम गरी सञ्चारकर्मी लामा जीवन–मरणको दोसाँधमा पार्नुमा अस्पतालको हात रहेको लामाकी पत्नी मीरा जोशीले आरोप लगाइन् । अस्पतालको चरम लापरबाहीले सञ्चारकर्मी तथा कलाकार लामा जीवन–मरणको दोसाँधमा परेको र जसरी पनि लामालाई न्याय दिइनुपर्ने परिवारले बताए । संघर्ष समितिका तर्फबाट लामाको उपचार गरिदिन र क्षतिपूर्ति दिन माग गरिएको छ । लामाको गत वर्ष वैशाख ८ गते आफ्नै निवासमा शौचालय जाने क्रममा लडेर टाउकोमा चोट लागेको र उपचारका क्रममा परिवारले वीर अस्पताल लैजाऔं भन्दाभन्दै एम्बुलेन्स चालकले जबर्जस्ती ग्रिनसिटी अस्पताल लगेर भर्ना गराएको समितिको भनाइ छ ।
ग्रिनसिटीमा लामाको टाउकाको शल्यक्रिया गरिएको र शल्यक्रियाको चार महिनापछि पनि बिरामीको स्वास्थ्यमा कुनै सुधार नआएको परिवारको भनाइ थियो । कार्यक्रममा पीडित लामाकी पत्नी मीरा जोशी लामाले आफूलाई अस्पतालले चार महिनाको अवधिमा यातना मात्र दिएको बताइन् । उनले भनिन्, ‘उपचारमा लाग्ने सम्पूर्ण खर्च मैले अस्पताललाई उपलब्ध गराएँ । तर, शल्यक्रियापछि पनि उहाँको अवस्थामा केही सुधार देखिएन ।’
अनियमित रकम खर्च गराएर अस्पतालले आफूहरूलाई बेवास्ता गरेको विषयमा समेत उनले जानकारी गराइन् । उनले चिकित्सक संघ, नेपाल मेडिकल काउन्सिललगायत अन्य सम्बन्धित निकायलाई यस विषयमा छानबिन गर्दै कडा कारबाहीको माग गरेकी छन् । पटकपटक अस्पतालसँग वार्ता गरेको तर आजसम्म कुनै सकारात्मक कुरा नभएको जनाइएको छ । लामाको उपचार र उचित क्षतिपूर्ति अस्पतालले दिनुपर्ने माग गरेका थिए ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
- चार प्रदेशमा विहानैदेखि बर्षा
Leave a Reply