पौडेलको काँधमा वायुसेवाको भविष्य
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा चार वर्षका लागि डिमप्रकाश पौडेल (प्रकाश) लाई नियुक्त गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि निगमकै सञ्चालक समिति सदस्य रहेका पौडेललाई महाप्रबन्धक नियुक्त गरेको हो ।
करिब ४५ अर्ब ऋणमा रहेको निगमलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भनेझै ‘वाह नेपाल वायुसेवा’ बनाउने जिम्मेवारी व्यवस्थाकीय काममा निपुणता देखाइसेका युवा व्यक्तित्व पौडेलको काँधमा आएको छ । निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेको भूमिका कटौती गर्दै पौडेललाई कार्यकारी अधिकारसहितको महाप्रबन्धक पदमा नियुक्त गरिएको हो । बेलायतबाट चार्टड एकाउन्टेन्ट (एसीसीए) अध्ययन गरेका पौडेल निगमको बोर्ड सदस्यमा मनोनीत हुनुअघि चितवन मेडिकल कलेजमा फाइनान्स तथा प्रशासन निर्देशक तथा ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत भई काम गरेका व्यवस्थापक हुन् ।
महाप्रबन्धका रूपमा जिम्मेवारी सम्हाल्दै पौडेलले आफूमा आर्थिक रूपले धराशायी रहेको निगमलाई बलियो बनाउने आँट, साहस र विश्वाससमेत रहेका बताए । जनमानसमा नेपाल एयरलायन्स डुबेको, कसैगरी उँभो नलाग्ने, भ्रष्टाचार, अनियमितता मात्रै भइरहने छाप रहेको र आफ्नो कार्यकालमा त्यो छाप मेटाउने प्रतिबद्धता उनले व्यक्त गरे ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply