पौडेलको काँधमा वायुसेवाको भविष्य
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा चार वर्षका लागि डिमप्रकाश पौडेल (प्रकाश) लाई नियुक्त गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि निगमकै सञ्चालक समिति सदस्य रहेका पौडेललाई महाप्रबन्धक नियुक्त गरेको हो ।
करिब ४५ अर्ब ऋणमा रहेको निगमलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भनेझै ‘वाह नेपाल वायुसेवा’ बनाउने जिम्मेवारी व्यवस्थाकीय काममा निपुणता देखाइसेका युवा व्यक्तित्व पौडेलको काँधमा आएको छ । निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेको भूमिका कटौती गर्दै पौडेललाई कार्यकारी अधिकारसहितको महाप्रबन्धक पदमा नियुक्त गरिएको हो । बेलायतबाट चार्टड एकाउन्टेन्ट (एसीसीए) अध्ययन गरेका पौडेल निगमको बोर्ड सदस्यमा मनोनीत हुनुअघि चितवन मेडिकल कलेजमा फाइनान्स तथा प्रशासन निर्देशक तथा ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत भई काम गरेका व्यवस्थापक हुन् ।
महाप्रबन्धका रूपमा जिम्मेवारी सम्हाल्दै पौडेलले आफूमा आर्थिक रूपले धराशायी रहेको निगमलाई बलियो बनाउने आँट, साहस र विश्वाससमेत रहेका बताए । जनमानसमा नेपाल एयरलायन्स डुबेको, कसैगरी उँभो नलाग्ने, भ्रष्टाचार, अनियमितता मात्रै भइरहने छाप रहेको र आफ्नो कार्यकालमा त्यो छाप मेटाउने प्रतिबद्धता उनले व्यक्त गरे ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply