एमडी नियुक्ति प्रक्रिया अन्योलग्रस्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रिक्त रहेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी–प्रमुख नियुक्तिको प्रक्रिया अघि बढाउन तत्काल अनिच्छुक देखिएका छन् । अहिले प्राधिकरण निमित्तको भरमा चल्दै आएको छ ।
केही दिनपूर्व, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्रधानमन्त्रीसँग प्राधिकरणको कार्यकारी–प्रमुख नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने कुरा राखेका थिए । मन्त्री पुनले प्रधानमन्त्रीसँग ‘प्राधिकरणको एमडी धेरै दिनसम्म खाली राख्न सकिँदैन, म प्रक्रिया बढाउँछु’ भनेका थिए । तर, प्रधानमन्त्री ओलीले ‘अहिले प्रक्रिया अगाडि नबढाउनुस्, केही दिन पर्खिनुस्’ भनेको सूत्रको भनाइ छ ।
तत्कालीन कार्यकारी–प्रमुख कुलमान घिसिङको चार वर्षे पदावधि गएको भदौको अन्तिम सातादेखि सकिएपछि प्राधिकरणको कार्यकारी–प्रमुखको पद खाली छ । घिसिङको पदावधि सकिएपछि प्राधिकरणकै प्रशासन विभागका प्रमुख लेखनाथ कोइरालाले निमित्तका रूपमा कार्यकारी–प्रमुखको काम गर्दै आएका छन् ।
तत्काल कार्यकारी–प्रमुखको नियुक्ति प्रक्रिया अघि नबढाउने संकेत प्रधानमन्त्री स्वयंले गरेपछि प्रक्रिया दसैंतिहारपछि मात्रै बढ्ने सम्भावना देखिएको छ । अबको केही दिनपछि नै नेपालीको महान् चाड दसैं आउने र त्यसपछि तिहारको रमझम सुरु हुने भएको हुँदा यी दुई चाडको मुखमा प्रक्रिया अघि बढ्ने सम्भावना नरहेको बताइन्छ ।
अब कार्यकारी–प्रमुख चयन गर्दा प्रतिस्पर्धाको आधारमा गरिने भएको छ । अरू संघ÷संस्थान र कार्यालयहरूका नियुक्तिहरूमा प्रतिस्पर्धाका आधारमा चयन गरिएझैं प्राधिकरणको कार्यकारी–प्रमुखको नियुक्तिमा पनि त्यही प्रक्रिया अपनाउने जनाइएको छ । पूर्वकार्यकारी–प्रमुख घिसिङको पदावधि नसकिँदै सरकारले पुनः उनलाई नै दोहो¥याउँला कि भन्ने जनअनुमान गरिएको थियो । तर, जनअनुमानविपरीत घिसिङलाई सरकारले दोहो¥याउन चाहेन ।
यसैबीच, घिसिङ हटेपछि विगतको लोडसेडिङको झल्को दिनेगरी बेला–बेलामा झ्याप्प बत्ती जाने गरेको हुँदा त्यसलाई घिसिङलाई हटाइनुको प्रतिफल भनेर टिप्पणी पनि हुन थालेको छ । तर, प्राधिकरण सूत्रका अनुसार उपत्यकालगायत ठाउँमा विद्युत् मर्मत कार्य तीव्र रुपमा भइरहेको र मर्मत स्थायी रूपमै गर्ने गरिएको हुँदा बत्ती जाने गरेको हो । प्राधिकरणले पनि विगतजस्तो लोडसेडिङ हुने सम्भावना नरहेको बताउँदै आएको छ ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply