एमडी नियुक्ति प्रक्रिया अन्योलग्रस्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रिक्त रहेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी–प्रमुख नियुक्तिको प्रक्रिया अघि बढाउन तत्काल अनिच्छुक देखिएका छन् । अहिले प्राधिकरण निमित्तको भरमा चल्दै आएको छ ।
केही दिनपूर्व, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्रधानमन्त्रीसँग प्राधिकरणको कार्यकारी–प्रमुख नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने कुरा राखेका थिए । मन्त्री पुनले प्रधानमन्त्रीसँग ‘प्राधिकरणको एमडी धेरै दिनसम्म खाली राख्न सकिँदैन, म प्रक्रिया बढाउँछु’ भनेका थिए । तर, प्रधानमन्त्री ओलीले ‘अहिले प्रक्रिया अगाडि नबढाउनुस्, केही दिन पर्खिनुस्’ भनेको सूत्रको भनाइ छ ।
तत्कालीन कार्यकारी–प्रमुख कुलमान घिसिङको चार वर्षे पदावधि गएको भदौको अन्तिम सातादेखि सकिएपछि प्राधिकरणको कार्यकारी–प्रमुखको पद खाली छ । घिसिङको पदावधि सकिएपछि प्राधिकरणकै प्रशासन विभागका प्रमुख लेखनाथ कोइरालाले निमित्तका रूपमा कार्यकारी–प्रमुखको काम गर्दै आएका छन् ।
तत्काल कार्यकारी–प्रमुखको नियुक्ति प्रक्रिया अघि नबढाउने संकेत प्रधानमन्त्री स्वयंले गरेपछि प्रक्रिया दसैंतिहारपछि मात्रै बढ्ने सम्भावना देखिएको छ । अबको केही दिनपछि नै नेपालीको महान् चाड दसैं आउने र त्यसपछि तिहारको रमझम सुरु हुने भएको हुँदा यी दुई चाडको मुखमा प्रक्रिया अघि बढ्ने सम्भावना नरहेको बताइन्छ ।
अब कार्यकारी–प्रमुख चयन गर्दा प्रतिस्पर्धाको आधारमा गरिने भएको छ । अरू संघ÷संस्थान र कार्यालयहरूका नियुक्तिहरूमा प्रतिस्पर्धाका आधारमा चयन गरिएझैं प्राधिकरणको कार्यकारी–प्रमुखको नियुक्तिमा पनि त्यही प्रक्रिया अपनाउने जनाइएको छ । पूर्वकार्यकारी–प्रमुख घिसिङको पदावधि नसकिँदै सरकारले पुनः उनलाई नै दोहो¥याउँला कि भन्ने जनअनुमान गरिएको थियो । तर, जनअनुमानविपरीत घिसिङलाई सरकारले दोहो¥याउन चाहेन ।
यसैबीच, घिसिङ हटेपछि विगतको लोडसेडिङको झल्को दिनेगरी बेला–बेलामा झ्याप्प बत्ती जाने गरेको हुँदा त्यसलाई घिसिङलाई हटाइनुको प्रतिफल भनेर टिप्पणी पनि हुन थालेको छ । तर, प्राधिकरण सूत्रका अनुसार उपत्यकालगायत ठाउँमा विद्युत् मर्मत कार्य तीव्र रुपमा भइरहेको र मर्मत स्थायी रूपमै गर्ने गरिएको हुँदा बत्ती जाने गरेको हो । प्राधिकरणले पनि विगतजस्तो लोडसेडिङ हुने सम्भावना नरहेको बताउँदै आएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply