केन्द्रीय कमिटी अनिश्चित, महाधिवेशनलाई धक्का
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक अनिश्चित बनेको छ । आगामी चैतको २५ देखि २७ सम्म काठमाडौंमा आयोजना हुने पार्टी महाधिवेशनको तयारीबारे छलफल गर्न १५ देखि देखि १७ कात्तिकमा डाकिएको केन्द्रीय कमिटी बैठक कोभिड संक्रमण दर बढ्दै गएपछि अनिश्चित बनेको हो ।
गत २६ भदौमा सम्पन्न स्थायी समिति बैठकले उत्कर्षमा पुगेको विवाद समाधान गर्दै पार्टी कामलाई महाधिवेशन केन्द्रित गर्ने निर्णय गरेको थियो । ‘महाधिवेशनसम्बन्धी कार्ययोजना पारित गर्न कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने । उक्त बैठकमा केन्द्रीय सचिवालयबाट महाधिवेशन आयोजनाको तयारीका लागि दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटीलगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिकालगायत समग्र कार्ययोजना प्रस्तुत गर्ने । बैठकमा उक्त प्रस्तावमा छलफल गरी आवश्यक निर्णय गर्ने ।’ स्थायी कमिटीको निर्णयमा उल्लेख छ ।
यही सिलसिलामा बैठक डाकिए पनि सरकारले स्वास्थ्य प्रोटोकललाई ख्याल गरेर २५ जनाभन्दा बढी भेला हुनेगरी कुनै पनि प्रकारको बैठक, भेला, गोष्ठी, अन्तक्र्रिया, अन्तर्राष्ट्रिय गोष्ठीहरू आयोजना नगर्न र गर्नैपर्ने अवस्थामा पनि भर्चुअल माध्यमलाई प्राथमिकता दिएको छ । नेकपाको मौजुदा केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय रहेको छ । बैठक बस्दा शीर्ष नेता र मन्त्रीहरूका सुरक्षाकर्मीहरू पनि उपस्थित हुने भएकाले यो संख्या ५ सयभन्दा बढी नाघ्दछ । जसका कारण पनि दसैंलगत्तै डाकिएको केन्द्रीय कमिटी बैठकको मिति अनिश्चित बनेको हो ।
स्थायी समिति बैठकले महाधिवेशन तयारीको सिलसिलामा तत्काल पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने निर्णय गरेको थियो । त्यसअनुसार ६ असोजमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले १० दिनभित्र गृहकार्यसहितको प्रस्ताव गर्ने जिम्मेवारी प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो । तर यस्ता धेरैपटक समयसीमा गुजार्दै आएका उनीहरू पछिल्लो गृहकार्यमा पनि असफल भएपछि अहिलेसम्म ती काम सम्पन्न हुन सकेका छैनन् ।
खासगरी केन्द्रीय निकाल, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभागको पूर्णताजस्ता काम नेकपाले अहिलेसम्म सम्पन्न गर्न सकेको छैन । त्यस्तै, तत्कालीन एमाले र माओवादी दुवै समूहका पार्टी सदस्यता अद्यावधिक गर्ने काम अझै सम्पन्न नहुँदा सदस्यता नवीकरणको काम अगाडि बढ्न सकेको छैन । त्यसका लागि केन्द्रीय संगठन विभागले २७ भदौमै मंसिरसम्मको कार्ययोजना बनाइसके पनि सचिवालयबाटै त्यो पारित हुन नसक्दा काम अघि बढ्न सकेको छैन । पार्टीले गरेका निर्णयहरू कुनै पनि लागू नहुने अवस्थाले नेकपाको केन्द्रीय कमिटीको बैठक मात्रै होइन, चैत अन्तिम साता तोकिएको महाधिवेशन पनि हुने कि नहुने भन्ने अनिश्चितता बढेको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply