सचिव सरुवा रातारात उल्ट्याइयो
काठमाडौं । मन्त्रिपरिषद् बैंठकलले गरेको सचिवहरूको सरुवा फेरि उल्ट्याइएको छ । गत बिहीबार सचिवहरूको सरुवा भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि फेरि सचिवहरूको हेरफेर गरिएको हो । रिक्त मन्त्रालयमा मन्त्री आएपछि उनीहरूको शपथलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूलाई रोजेर सचिव दिइएको हो । यसरी सरुवाभएर फिर्ता नजाँदै फेरि सचिब सरुवा सच्याइएको यो पहिलो घटना भएको बताइन्छ ।
गत बिहीबार भएको सचिवहरूको सरुवा पुनः सच्याइएको छ । नयाँ मन्त्रीहरूले शपथ खाएकै दिन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले १० जना सचिवको सरुवा गरेको थियो । जसमा तीन सचिवको सरुवा पुनः सच्याइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादवप्रसाद कोइरालालाई पुनः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएकोमा सच्याएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ भने सामान्य प्रशासन मन्त्रालयअन्तर्गत काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल आएका छन् । यसअघि अर्यालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको थियो । सचिव यादवले यसअघि आफैं सामान्य प्रशासन मन्त्रालयबाट सरुवा मागेर गएका थिए । यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको युवा तथा खेलकुद मन्त्रालयमा भएको थियो । अहिले सच्याएर सार्वजनिक खरिद अनुगमन कार्यालय पु¥याइएको छ । सार्वजनिक खरिदमा सरुवा भएका रामप्रसाद थपलिया यथास्थानमै रहेका छन् । त्यसैगरी यसअघि जल तथा ऊर्जा आयोगमा सरुवा भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएको छ । ट्रस्टका सागरकुमार राईलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा ल्याइएको छ । सरुवा भएका नयाँ सुचीअनुसार सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय (सिँचाइ), उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदार न्यौपानेलाई उपराष्ट्रपति कार्यालयको सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय (सिँचाइ) का सचिव रवीन्द्रनाथ श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply