नेता खुइल्याउन दुई पोखरेल परिचालित
काठमाडौं । पार्टी कुनै हालतमा फुट्नुहुन्न, पार्टीमा सबै नेताको सम्मान हुनुपर्छ, जिम्मेवारीको न्यायोजित बाँडफाँट हुनुपर्छ भन्ने अधिंकाश नेकपाका कार्यकर्ताको चाहना छ । विभाजनको डिलमा पुगेको नेकपालाई बचाउन आफूले के त्याग्नुपर्ने हो, त्यसका लागि तयार रहेको दोस्रो पुस्ताका सरकारमा रहेका केही नेताले सार्वजानिक रूपर्म बताउँदै आएका छन् । पार्टीमा यत्रो संकट आउँदा यसलाई बचाउन सबै नेताले सकारात्मक प्रयत्न र पहल गर्नुपर्ने हो । तर, नेकपाभित्र दुई यस्ता नेता छन्, जसको काम पार्टी एकता जोगाउनेभन्दा पनि नेताहरूलाई भिडाएर दुर्घटना निम्त्याउनेतिर केन्द्रित छन् ।
ती दुई नेता हुन् सचिवालय सदस्य ईश्वर पोखरेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल । तत्कालीन नेकपा एमालेमा दुई कार्यकाल महासचिव भइसकेका ईश्वर त सुरुदेखि नै यो एकता विरोधी थिए । त्यसका प्रशस्त प्रमाणहरू खोज्न सामाजिक सञ्जालमा उनैले पोस्ट गरेका पछिल्ला दुई वर्षमा पोस्टहरू नै काफी छन् । तर, अहिले बौद्धिक, गम्भीर, संवेदनशील मानिएका अर्का नेता मुख्यमन्त्री पोखरेलको पछिल्लो भूमिकाबाट नेकपाका धेरै नेता आश्चर्यचकित भएका छन् । लुम्बिनी मुकाम भए पनि पार्टीभित्र विवाद बढेको भन्दै काठमाडांैमा अड्डा जमाएर बसेका पोखरेलको भूमिका नेताहरूलाई मिलाएर एकता जोगाउनेभन्दा पनि भत्काउनेतिर केन्द्रित छ ।
यसको पछिल्लो दृष्टान्त मंसिर १९ र त्यसपछिको घटनाक्रम हो । मंसिर २० गते सचिवालय बैठक डाकिएको थियो । सो बैठक अघि अनौपचारिक भेटघाट र छलफल गरेर सचिवालयबाटै विवादको हल निकाल्ने प्रयत्न गर्ने भनिएको थियो । त्यसका लागि बालुवाटारले रक्षामन्त्री खोसुवामा परेका पोखरेललाई खुमलटारको जिम्मा दिएको थियो भने मुख्यमन्त्री पोखरेललाई कोटेश्वरको । सचिवालय बस्ने अघिल्लो दिन १९ गते ईश्वर खुमलटार पुगेर प्रचण्डलाई फकाउने प्रयत्न गरे । आगामी महाधिवेशनबाट अध्यक्ष बनाउने आश्वासन दिए । तर, प्रचण्ड गलेनन् । त्यही समयमा मुख्यमन्त्री पोखरेल भने माधव नेपाललाई भेट्न पुगे ।
नेपालका स्वकीय सचिव गौतमले फेसबुकमा लेखेका छन्, ‘उहाँ आउनुभयो र भन्नुभयो– कमरेड, तपाईंले टुक्राटुक्रा भएको कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउँदै जनआधारित विशाल पार्टी बनाउने कामको नेतृत्व गर्नुभयो, तपाईंबिना न त यति ठूलो कम्युनिस्ट पार्टी सम्भव थियो न त हाम्रो अहिलेको प्रतिष्ठा छ, फेरि एकपटक तपाईंले पार्टीको नेतृत्व लिनुप¥यो, अरूबाट सम्भव देखिएन । उहाँको कार्यशैली हामीले भनेर सच्चिँदैन तर हामी विद्रोह गर्ने अवस्थामा छैनौं ।’
गौतमले लेखेका छन्, ‘कमरेडले भन्नुभयो– पार्टी नीति, विधि र मापदण्डमा चलाउनुपर्छ, यति विशाल पार्टी व्यक्ति हेरेर चलाउन सम्भव छैन, सरकार पनि सोहीअनुसार चलाउनुपर्छ । मलाई पटकपटक एक्ल्याउने, अपमान गर्ने, किनारा लगाउने र पेल्ने काम भए पनि अरू कसैलाई त्यस्तो गर्ने कुरामा मेरो सहमति हँुुदैन । मेरो तपाईंहरू कसैप्रति पूर्वाग्रह छैन, कसैलाई अन्याय हुन दिन्न तर भएका गल्ती स्वीकार गर्नुपर्छ र त्यसलाई सच्याउनुपर्छ । मलाई अहिले केही चाहिएको छैन । यति कुरा गरेर संवाद जारी राख्ने भन्दै हिँड्नुभएका उहाँले केही दिनपछि पत्रकार बोलाएर भन्नुभएछ–समस्याको जड नै कमरेड हो । हाम्रो भावी नेतृत्वको कार्यशैली र विश्वसनीयताको सानो उदाहरण ।’
गौतमले यहाँ ‘उहाँ’ भनेर कसैको नाम उल्लेख नगरे पनि उनले मुख्यमन्त्री पोखरेललाई इंगित गरेको सजिलै बुझ्न सकिन्छ । किनभने, पछिल्लो समय उनैले नेता नेपाललाई भेटेका थिए । नेता नेपालसँग यति कुरा भएपछि पम्फा भुसाल मार्फत ओली र नेपाल मिलिसके भन्ने सन्देश खुमलटार पु¥याइएको बताइन्छ । भित्र एउटा कुरा गर्ने तर बाहिर अर्को प्रचारबाजी गराएर नेता भिडाउने यो काइदामा मुख्यमन्त्री पोखरेलजस्ता वैचारिक, भोलिको नेतृत्वको आशा गरिएका एक नेता संलग्न हुनुले नेकपाका कार्यकर्तालाई अचम्म मानेका छन् । अफवाह फैलाउने काममा बालुवाटरका सल्लाहकार समूहबाहेक प्रेस संगठन आबद्ध केही नेता र तीनका सञ्चारमाध्यमलाई परिचालन गरिएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply