सर्वदलीय बैठकमा सरकारको आलोचना
काठमाडौं । मुलुकमा संविधानविरोधी तŒवहरूले विभिन्न स्थानमा प्रदर्शनमार्फत टाउको उठाउने प्रयास गरिरहेका बेला प्रधानमन्त्री केपी ओलीको आयोजनामा मंगलबार सर्वदलीय बैठक सम्पन्न भएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने नेकपा, नेपाली कांग्रेस, संघीय समाजवादी पार्टी, राप्रपा, राजमो, नेमकिपासहितको प्रतिनिधित्व रहेको बैठकमा करिब दुई दर्जन नेता सहभागी थिए । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेल, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजय गच्छदार, डा. प्रकाशशरण महत, संघीय समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपा नेता दीपक बोहरालगायत सहभागी थिए । गत असारयता प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक सम्पन्न भएको थिएन ।
बैठक आयोजनाको उद्देश्यमाथि प्रकाश पार्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका थिए । तर, बैठकमा सहभागी अधिकांश नेताले सुझाव दिनेभन्दा पनि सरकारको कार्यशैलीको खुलेर आलोचना गरेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले राम्रो काम गर्न नसकेका कारण राजावादीहरूले संगठित हुने मौका पाएको बताएका थिए । उनले सुशासन कायम गर्ने, कोभिड नियन्त्रणमा उदासीनताका कारण संविधानविरोधी शक्तिहरूले सडक प्रदर्शन गर्ने स्थिति बनेकाले सरकारले राम्रोसँग काम गर्नेबित्तिकै त्यस्ता शक्तिहरू आफैं पछि हट्ने धारणा राखेका थिए ।
कांग्रेस नेता रामचन्द्र पौडेलले सरकार निरंकुश बन्दै गएको आरोप लगाएका थिए । उनले नीति र कानुन बनाउने, विपक्षीमाथि कठोर व्यवहार गर्ने सरकारको निरंकुश कार्यशैलीका कारण जनअसन्तुष्टि बढ्दै गएकोसमेत टिप्पणी गरेका थिए । बैठकमा कांग्रेसले हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरेकोमा पनि सरकारको आलोचना गरेको थियो ।
राप्रपाका नेता दीपक बोहोराले भने राजतन्त्रसहितको लोकतन्त्र, हिन्दू राष्ट्रको विषयलाई छलफलको एजेन्डा बनाउनुपर्ने दलको धारणा राखेका थिए । तर, उनको प्रस्तावलाई प्रधानमन्त्री ओलीसहित कोही पनि नेताले ‘रेस्पोन्स’ नगरेको बैठकमा सहभागी एक नेताले बताए । प्रधानमन्त्री ओलीले सबै नेताको सुझावअनुसार सरकार अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply