आज स्थायी समितिमा गर्मागर्मी हुने
बुधवार डेस्क
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बुधबारको बैठकमा गर्मागर्मी विवादको संकेत देखिएको छ । प्रधानमन्त्री केपी ओलीले पार्टीले यसअघि गरेका निर्णयहरूलाई चुनौती दिँदै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको र संवैधानिक अंगका प्रमुखहरूमा नियुक्तिसमेत भएको परिप्रेक्ष्यमा बुधबारको बैठकमा गर्मागर्मी विवादको संकेत देखिएको हो ।
गत २८ गतेको स्थायी समिति बैठकले १ पुसमा प्रधानमन्त्री निवास बालुवाटारमा अर्को बैठक बस्ने निर्णय गरेको थियो । तर बैठकको पूर्वसन्ध्यामै ओलीले मन्त्रीहरूको समेत जानकारीबेगर परिषद्सम्बन्धी अध्यादेश जारी गराएका छन् । ओलीको त्यस्तो कदमलाई निरंकुश र जंगे शैली भन्दै नेकपाका नेताहरूले कडा आलोचना गरेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको मंगलबारको छलफलले ओलीको त्यस्तो कदमलाई अस्वीकार गर्ने र ओलीमाथि पार्टी विधि र पद्धति नमानेको अनुशासनबारे स्थायी समितिमा छलफल चलाउने समझदारी भएको छ ।
२१ मंसिरबाट सुरु भएको स्थायी समितिको बैठकमा दुवै अध्यक्षका तर्फबाट फरक–फरक प्रतिवेदन छलफलका लागि प्रस्तुत भएको छ । यद्यपि, ओलीले भने अर्का अध्यक्ष प्रचण्डको प्रतिवेदन फिर्ता हुनुपर्ने अडान राख्दै आए पनि बहुमतका आधारमा दुवै प्रतिवेदनले छलफलका लागि प्रवेश पाएको छ । गत २८ मंसिरमा बसेको बैठक भने केन्द्रीय सदस्य कमान सिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply