प्रतिगमनबिरोधी आन्दोलन देशभर बिस्तारित
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कूविरुद्धको प्रतिगमनबिरोधी आन्दोलन देशव्यापी रुपमा बिस्तारित हुँदै गएको छ । समाजका सबै वर्ग र तह–तप्काका नागरिकहरु आन्दोलित बन्दै गएका छन् । प्रतिनिधिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतकि दलहरु, नागरिक समाजका प्रबुद्ध व्यक्तित्वहरुसहित बिभिन्न संघ–संस्थाहरुले पनि स्वतस्र्फूत रुपमा आन्दोलनका कार्यक्रम सार्बजनिक गर्दै गएका छन् ।
पछिल्लो पटक नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र प्रमुख प्रतिपक्षी कांग्रेस, जनता समाजवादी पार्टी(जसपा)ले बेग्लाबेग्लै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेकपाको पहलमा प्रतिगमनविरुद्ध संयुक्त आन्दोलनका लागि अध्यक्ष माधवकुमार नेपालले पहलसमेत गरिरहेका छन् ।
पहिलो चरणको आन्दोलनको समीक्षापछि नेकपाले प्रतिनिधिसभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । एक महिने आन्दोलनका कार्यक्रममा केन्द्रदेखि प्रदेश, जिल्ला र क्षेत्र हुँदै पालिकाका वडा तहसम्म लाखौं जनपरिचालन हुनेगरी नेकपाले बिभिन्न कार्यक्रमहरु घोषणा गरेको छ ।
२० पुसदेखि २३ माघसम्मका लागि घोषित आन्दोलनमा कालो झण्डा, मोटरसाईकल ¥यालीदेखि काठमाडौंसहित सातओटै प्रदेशमा बिरोधसभासम्मका कार्यक्रमहरू छन् । १६ र १७ माघमा वागमतीबाहेकका प्रदेशहरु र २३ माघमा भने राजधानी काठमाडौंमा बिरोध प्रदर्शन गर्ने घोषित कार्यक्रममा उल्लेख छ ।
घोषित कार्यक्रमहरुमा २० पुसमा पालिकास्तरमा र २५ पुससम्म वडा स्तरमा पार्टी भेला, संघर्ष सम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गर्ने, २५ पुसमा प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन गर्ने, २१ पुसमा संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया कार्यक्रम र २३ पुसमा नागरिक समाजसँग व्यापक अन्तरक्रिया कार्यक्रम गर्ने उल्लेख छ ।
त्यस्तै, २४ पुसमा सबै जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बिरोधपत्र र संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने, २६ पुसमा सडक संविधान वाचन–व्याख्या कार्यक्रम गर्ने, २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, त्यस्तै, २८ पुसमा प्रदेश २, गण्डकी र कर्णाली प्रदेश तथा २९ पुसमा बागमतीमा बृहद कार्यकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रम गर्ने जनाइएको छ ।
त्यस्तै, २८ पुसमा घरघरमा पर्चा वितरण र गाउँगाउँ, टोलटोलमा कालोझण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदम विरुद्ध सबै वडाहरुमा व्यानर राख्ने, २९ पुसमा निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला गर्ने, ३० पुसमा देशव्यापी सबै वडाहरुमा विरोध प्रदर्शन र सभा गर्ने, ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा गर्ने, १० माघमा राजधानीलगायत सबै शहरी केन्द्रहरुमा मोटरसाइकल ¥याली गर्ने, १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विरोध प्रदर्शन र सभा तथा १७ माघमा प्रदेश २ मा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै, २२ माघमा वडा तहमा देशव्यापी मसाल जुलुस गर्ने, तथा २३ माघमा राजधानीमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम सार्बजनिक भएको छ । यसबीचमै उद्योग व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम र लेखक–कलाकारहरु, सांस्कृतिककर्मीहरु र बुद्धिजीवीहरुको विशिष्ट प्रकारको कार्यक्रमहरु आयोजना गर्ने, स्थानीय पार्टी र जनवर्गीय संगठनहरुका सिर्जनात्मक कार्यक्रमलाई पनि निरन्तरता दिइने नेकपाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिनिधिसभा विघटनको कदमविरुद्ध सबै राजनीतिक पार्टीहरुसँग संयुक्त संघर्ष गर्नका लागि वार्ता र समन्वय भइरहेपनि अझै निर्णय नभइसकेकाले समन्वय कामय गर्दै संयुक्त प्रहार केन्द्रीत गर्नेगरी दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।
मंगलवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभा विघटनको स्वेच्छाचारी र असंवैधानिक कदमबाट स्वयं प्रधानमन्त्री केपी ओलीले अहिले चलिरहेको अन्तरसंघर्ष प्रतिगमन र अग्रगमनबीचको हो भन्ने पुष्टि गरेको बताए । ंसंविधानमा प्रतिनिधिसभा विघटन गर्ने कुनै पनि अधिकार प्रधानमन्त्रीलाई नरहेका कारण पुनस्र्थापना हुने कुरामा ढुक्क रहेको उनको भनाई छ । संविधान निर्माणका क्रममा तत्कालीन प्रधानमन्त्री, संविधानसभा अध्यक्ष, संवैधानिक मस्यौदा समिति, संविधानसभाका सदस्यहरुदेखि, प्रबुद्ध नागरिक समाजका अगुवाहरुसम्म राजनीतिक अस्थिरताको अन्त्य र मुलुकको विकासका लागि प्रतिनिधिसभाभ विघटन गर्ने अधिकार दिन नहुने विषयमा सहमति भएका कारण पनि सर्बोच्च अदालतले पनि अन्यथा ढंगले ब्याख्या गर्ने कुरामा कुनै विश्वास नरहेको पनि श्रेष्ठले प्रष्ट्याएका थिए ।
नेकपाको संघर्ष समितिका सहसंयोजक तथा प्रवक्ता योगेश भट्टराईले प्रधानमन्त्रीको कदमले अहिले क्रान्ती र प्रतिक्रान्ती, संविधान र संविधानबिरोधी तथा अग्रगमन र प्रतिगमनका पक्षधरबीच अन्तरसंघर्ष अघि बढेको बताए । उनले प्रधानमन्त्री ओली प्रतिगमनकारी, गणतन्त्र र संघीयताबिरोधीहरुको प्रतिनिधि पात्रका रुपमा खडा भएकाले आन्दोलनलाई निर्णायक बनाउनुबाहेकको अरु विकल्प नभएकोमा जोड दिए । संविधानले लिक छाडिसकेको अबस्थामा आन्दोलनबाट ठीक बाटोमा नल्याउने हो भने प्रतिगमन झन कसिदैं जाने, संघीयता खारेज हुने, शाही आयोगहरुको पुनरावृत्ति हुने, न्यूनतम लोकतान्त्रिक अधिकारहरु कुण्ठित हुँदै जाने र तत्कालीन राजा ज्ञानेन्द्र शाह प्रवृत्ति पुनरावृत्ति हुने खतरा देखिएको भन्दै आन्दोलन त्यसकै खिलाफमा भएको प्रष्ट्याए ।
आन्दोलनका कार्यक्रमहरु बिस्तारित हुँदै गएपछि प्रधानमन्त्री ओली दिनहुँ गालीगलौजमा उत्रिएका छन् । ‘कमेडियन शैली’मा कार्यक्रमहरुमा प्रस्तुत भइरहेका प्रधानमन्त्री ओलीले पछिल्लो पटक अध्यक्ष नेपाल र प्रचण्डलाई लक्षित गर्दै शहिद भइदिएको भए बरु श्रद्धाञ्जली दिनुहुन्थ्यो तर धुलो उडाउँदै हिँडेकाले पानी छम्कनु परेको छ जस्ता निम्न स्तरको अभिव्यक्ति दिएका छन् । उनको यस्तो अभिव्यक्तिको चौतर्फी आलोचना र बिरोध भइरहेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply