गल्ती महसुस गरेर पार्टीमा फर्कन ओलीलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निरंकुश र तानाशाही प्रवृत्ति नसुधारे इतिहासको रछ्यानमा फ्याँकिने बताएका छन् । हिजो पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले केपी ओलीमा कम्युनिस्ट चरित्र र गुण नै नभएको उल्लेख गर्दै भने, ‘केपी ओलीले कुन दिन कम्युनिस्ट पार्टी त्यागेको समाचार सुन्न बेर छैन, उहाँमा कम्युनिस्ट चरित्र र गुण नै छैन ।’
अध्यक्ष नेपालले कम्युनिस्ट पार्र्टी गुट र व्यक्तिबाट चल्ने नभई विचार र सिद्धान्तबाट चल्ने उल्लेख गर्दै भने, ‘पार्टीमा बैठक नबस्ने, जनजीविकाको कुरा नै किन नहोस् छलफल हुनुपर्छ बहस हुनुपर्छ ।’ आफूले ओलीलाई पटकपटक प्रधानमन्त्री हुँदा पार्टी बैठकमा बस्न नभ्याउने भए आफूहरु छलफल र बहस गर्छौ भन्दा पनि नसुन्ने गरेको बताए । उनले केपी ओलीले सिकाएको संस्कारसमेत सर्वहारा संस्कार नभएर सामन्ती संस्कार भएको बताए । ‘उहाँलाई आलोचना, गुनासो र विरोध मन पर्दैन, आलोचना गर्ने मान्छे उहाँको दृष्टिकोणमा नकारात्मक हुन्छ,’ अध्यक्ष नेपालले भने ।
नेता नेपालले ओलीलाई प्रतिनिधिसभा विघटन निर्णय बेठिक भएको भनी स्विकार्न पनि आग्रह गरे । उनले भने, ‘प्रतिनिधिसभा विघटनको निर्णय बेठीक भयो भन्नुस्, कम्युनिस्ट आन्दोलनलाई निमिट्यान्न पार्न लाग्नुभएको छ । त्यसैले गल्ती महसुुस गरेर फर्कनुस् ।’
सम्बन्धित समाचार
-
इश्वरको मुहारमा बादलको छाँया
-
काठमाडौं केन्द्रित सशक्त आन्दोलन, ९ माघमा बृहत् प्रदर्शन
-
ओली किन बन्दैछन् यति अमर्यादित र अशिष्ट ?
-
माधव नेपाल पहिलो वरीयताका अध्यक्ष
-
अझै भयानक षड्यन्त्रका तानाबाना बुन्दै ओली
-
प्रतिनिधीसभाको दुरुपयोग राष्ट्रका लागि पिडादायी
-
उल्टो बाटोमा प्रधानमन्त्री ओली
-
प्रतिगमनबिरोधी आन्दोलन देशभर बिस्तारित
-
नेकपाको कार्यविभाजन , पोखरेल र गुरुङ हटाइए
-
ओली एन्ड प्रवृत्तिको आयु पुग्यो
-
ज्ञानेन्द्र फालेजस्तै केपीको प्रतिगमन पराजित गर्ने नेकपाको उद्घोष
-
असंवैधानिक कदम विरुद्ध देशभर कतै सभा–प्रशिक्षण कतै प्रदर्शन
Leave a Reply