इश्वरको मुहारमा बादलको छाँया

काठमाडौं । तत्कालीन नेकपा (एमाले ) र माओवादी केन्द्रवीच भएको पार्टी एकताप्रति असन्तुष्टी जनाउँदै शुरु देखि नै सामाजिक संजालमा खरो टिप्पणी गर्दै आएका नेता इश्वर पोखरेलका पछिल्ला अभिव्यक्तिबाट केपी ओली समूह पनि शसंकित बनेको छ । प्रधानमन्त्री ओलीलाई संसद विघटनको असंवैधानिक कदम चाल्न उत्प्रेरित गर्ने मुख्य एकताविरोधी यी नै नेता अहिले भने फेरी पनि पार्टी एकता हुनसक्ने दोधारे अभिव्यक्ति दिन थालेका छन् ।
बालुवाटार स्रोतका अनुसार पोखरेलका पछिल्ला अभिव्यक्तिबाट प्रधानमन्त्री ओली समूहका अरु नेता खुसी छैनन् । संसद विघटन पछि सो समूहका भेलालाई सम्बोधन गर्न सिन्धुपाल्चोक, सर्लाहीलगायतका जिल्ला पुगेका उनले ओलीको कदमको कडा ढंगले बचाउ नगरेको र फेरी पार्टी एकता हुन सक्ने भन्दै चिप्ला कुरा गरेको भन्दै उनलाई अरु जिल्ला भेलामा पठाउने सन्र्दभमा पनि गम्भीर भएर सोच्ने निष्कर्षमा उक्त समूह पुगेको बताईन्छ । हिजो एकता गर्दा खुलमखुला विरोध गर्ने, अहिले एकता भाँडिएपछि एकताको राग अलाप्ने शैलीले भोली उनीबाट धोका पाउन सकने भन्दै केहि निकटस्थहरुले ओलीलाई सर्तक रहन सुझाव दिएको बुझिएको छ ।
स्रोतका अनुसार, ओलीले पुर्व माओवादीका नेता रामबहादुर थापा ‘वादल’लाई आफ्नो समूहमा ल्याएदेखि नै पोखरेल असन्तुष्ट रहेका हुन् । ओलीको शारिरिक अवस्था कमजोर रहेको र उनी पछि सो समूहको नेतृत्व आफैले पाउने रणनीति अनुसार सो कित्तामा पुगेका पोखरेल अहिले बादलको ‘इन्ट्री’ पछि झस्केका हुन् । पटक पटक प्रधानमन्त्री ओलीले बइज्जतपूर्ण व्यवहार गर्दा पनि उनी पछिको नेतृत्व हत्याउने आशले लिसो टाँसिए झै टाँसिएका उनी अब विस्तारै जता लाग्दा फाइदा हुन्छ त्यतै ढल्किने तयारमा रहेको बताइन्छ । हुन पनि अर्थमन्त्री मन्त्रीकारुपमा सपथ खान बालुवाटार पुगेका उनले रक्षा मन्त्रीमा थन्किनु परेपछि शुरुमै अपमानको विष पिउनु परेको अनुभव गर्नुपरेको थियो । पछिल्लो समयमा ठेक्का र टेण्डरमा मात्र आँखा गाड्न थालेपछि त्यहाँबाट अपमान पूर्वक हटाउँदा पनि उनले ओलीको भक्तिभाव गाउन छाडेका थिएनन् । पार्टी विभाजित हुँदा माओवादी सर्लक्कै प्रचण्डतिर रहन्छ भन्ने ठानेका उनको अनुहार अहिले बादलको कालो छायाँले छोपेको बताइन्छ ।
सम्बन्धित समाचार
-
स्थानीय तहमा मनपरी : गतवर्ष मात्रै पिए र सल्लाहकारका नाममा पौने ६ करोड, गाडी खरिदमा अर्बांै स्वाहा
-
दुई वर्षपछि आज विप्लब सार्वजानिक हुँदै
-
ओली समूहको संसदीय दलको बैठक भोली
-
आज कांग्रेसको पदाधिकारी बैठक, भोली संसदीय दल बस्दै
-
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन देउवा तयार
-
निकासको बाधक फेरि पनि केपी ओली
-
संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट सुवास नेम्वाङलाई हटाउने प्रचण्ड – नेपाल समूहको निर्णय
-
राजीनामाको तयारी गरेका प्रधानमन्त्री किन ‘ब्याक’ भए ?
-
केपी ओलीले फेरी संसद भंग गर्ने खतरा छ
-
नेकपा केन्द्रीय कमिटी बैठक आज
-
मामा गृहमा आउँदा पनि रोकिएन भान्जाको चलखेल
-
ताप्लेजुङका अग्निपिडितलाई भूकम्पपिडितलाई सरह राहतको माग
Leave a Reply