इश्वरको मुहारमा बादलको छाँया
काठमाडौं । तत्कालीन नेकपा (एमाले ) र माओवादी केन्द्रवीच भएको पार्टी एकताप्रति असन्तुष्टी जनाउँदै शुरु देखि नै सामाजिक संजालमा खरो टिप्पणी गर्दै आएका नेता इश्वर पोखरेलका पछिल्ला अभिव्यक्तिबाट केपी ओली समूह पनि शसंकित बनेको छ । प्रधानमन्त्री ओलीलाई संसद विघटनको असंवैधानिक कदम चाल्न उत्प्रेरित गर्ने मुख्य एकताविरोधी यी नै नेता अहिले भने फेरी पनि पार्टी एकता हुनसक्ने दोधारे अभिव्यक्ति दिन थालेका छन् ।
बालुवाटार स्रोतका अनुसार पोखरेलका पछिल्ला अभिव्यक्तिबाट प्रधानमन्त्री ओली समूहका अरु नेता खुसी छैनन् । संसद विघटन पछि सो समूहका भेलालाई सम्बोधन गर्न सिन्धुपाल्चोक, सर्लाहीलगायतका जिल्ला पुगेका उनले ओलीको कदमको कडा ढंगले बचाउ नगरेको र फेरी पार्टी एकता हुन सक्ने भन्दै चिप्ला कुरा गरेको भन्दै उनलाई अरु जिल्ला भेलामा पठाउने सन्र्दभमा पनि गम्भीर भएर सोच्ने निष्कर्षमा उक्त समूह पुगेको बताईन्छ । हिजो एकता गर्दा खुलमखुला विरोध गर्ने, अहिले एकता भाँडिएपछि एकताको राग अलाप्ने शैलीले भोली उनीबाट धोका पाउन सकने भन्दै केहि निकटस्थहरुले ओलीलाई सर्तक रहन सुझाव दिएको बुझिएको छ ।
स्रोतका अनुसार, ओलीले पुर्व माओवादीका नेता रामबहादुर थापा ‘वादल’लाई आफ्नो समूहमा ल्याएदेखि नै पोखरेल असन्तुष्ट रहेका हुन् । ओलीको शारिरिक अवस्था कमजोर रहेको र उनी पछि सो समूहको नेतृत्व आफैले पाउने रणनीति अनुसार सो कित्तामा पुगेका पोखरेल अहिले बादलको ‘इन्ट्री’ पछि झस्केका हुन् । पटक पटक प्रधानमन्त्री ओलीले बइज्जतपूर्ण व्यवहार गर्दा पनि उनी पछिको नेतृत्व हत्याउने आशले लिसो टाँसिए झै टाँसिएका उनी अब विस्तारै जता लाग्दा फाइदा हुन्छ त्यतै ढल्किने तयारमा रहेको बताइन्छ । हुन पनि अर्थमन्त्री मन्त्रीकारुपमा सपथ खान बालुवाटार पुगेका उनले रक्षा मन्त्रीमा थन्किनु परेपछि शुरुमै अपमानको विष पिउनु परेको अनुभव गर्नुपरेको थियो । पछिल्लो समयमा ठेक्का र टेण्डरमा मात्र आँखा गाड्न थालेपछि त्यहाँबाट अपमान पूर्वक हटाउँदा पनि उनले ओलीको भक्तिभाव गाउन छाडेका थिएनन् । पार्टी विभाजित हुँदा माओवादी सर्लक्कै प्रचण्डतिर रहन्छ भन्ने ठानेका उनको अनुहार अहिले बादलको कालो छायाँले छोपेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply