पार्टीमाथि दागा नर्धन ओलीलाई नेपालको चेतावनी
बुधवार डेस्क
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले पार्टीमाथि दागा नर्धन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । बबरमहलस्थित एक पार्टी प्यालेसमा अहिले बसिरहेको पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले जथाभावी गुटगत त्रिलयाकलाप गरेपछि उनलाई कार्वाही गरिएको तर पार्टी विभाजित नभएको बताए ।
आफूहरुको बैठक पार्टी विधान बमोजिम नै शरु भएको उल्लेख गर्दै नेपालले केपी ओलीको पक्षमा एक चौथाई केन्द्रिय सदस्य पनि नरहेको बताए । उनले भने, ‘जो सँग एक चौथाई सदस्य छैनन, उसैले हामी आधिकारिक हौं भन्न मिल्छ ?’ ओलीका कारण पार्टी गम्भीर अवस्थामा पुगेको तर विभाजित नभएको र मूल पार्टी पनि आफूहरु नै रहेको नेपालको भनाई थियो । बैठकमा ४४१ सदस्यीय केन्द्रिय कमिटीमा ३ सय भन्दा वढी सदस्य सहभागी छन् ।
आजको बैठकले यसअघि स्थायी कमिटीले गरेको ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने निर्णयलाई अनुमोदन गर्ने बताईएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply