सरकारीे गाडी फिर्ता ल्याउन सचिवालयको ताकेता
काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा विघटनपछि सवारी सुविधा फिर्ता नगर्नेहरूको सूची तयार गरिरहेको छ । सरकारी सुविधा शाखाका प्रमुख कान्छा दुलालले सचिवालयको निर्देशनमा सूची तयार गरिरहेका हुन् । प्रतिनिधिसभा विघटन पुस ५ मै भए पनि अहिलेसम्म प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवादेखि प्रधानमन्त्री केपी शर्मानिकट नेकपा सचेतक शान्ता चौधरीसमेतले गाडी फिर्ता गरेका छैनन् ।
त्यस्तै ओलीनिकट अर्का नेता मकवानपुरका सांसद कृष्णप्रसाद दाहालले पनि गाडी फिर्ता गर्नुको सट्टा मकवानपुरका गाउँगाउँमा कुदाइरहेका छन् । सांसदहरूलाई दिएका १८ सुविधाको गाडीमध्ये एउटा मात्र फिर्ता भएको र बाँकी १७ वटा प्राप्तिका लागि सचिवालले सूची तयार पारेको हो । सचिवालयको सबैभन्दा महँगो गाडी लिनेमा देउवा र नेकपा सचेतक चौधरी छन् । देउवाले २ करोड मूल्यबराबरको गाडी सुविधा लिएका छन् भने चौधरीले १ करोड मूल्य पर्ने गाडी लिएकी छन् । प्रतिनिधिसभा विघटन भए पनि चौधरीले नेकपा संसदीय दलको सचेतकको हैसियतमा लिएको सुविधाको गाडी फिर्ता नगरेको संसद् सचिवालयले जनाएको छ । हालसम्म एक जनाले मात्र सुविधाको गाडी फिर्ता गरेको जनाइएको छ ।
प्रतिनिधिसभा विघटनपछि विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतकका साथै विभिन्न संसदीय समितिका सभापतिले गाडी फिर्ता गर्नुपर्ने भन्दै संसद् सचिवालयले ती गाडी फिर्ता ल्याउन सूची तयार पारेको हो । यसबाहेक विभिन्न विषयगत समितिका सभापतिहरूले पनि सवारीसाधन फिर्ता गर्नुपर्ने संघीय संसद् सचिवालयको भनाइ छ । संसद् सचिवालयले हालसम्म गाडी फिर्ताका लागि पत्राचार भने नगरेको र अरू सुविधा कटौती भएका बेला आफैं बुझेर गाडी फिर्ता गर्नुपर्ने प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । पदावधि सकिएको एक साताभित्र गाडी फिर्ता गर्ने प्रचलन रहे पनि सामान्यतया ३५ दिनभित्र सरकारी सम्पत्ति बुझबुझारथ गर्ने प्रचलनअनुसार गाडी फिर्ता गर्नुपर्ने सचिवालयले जनायो ।
सुविधामा दिइएको सवारीसाधन फिर्ता नगरी आफंैले चलाउँदा भोलि दुर्घटना भए संसद् सचिवालयले त्यसको जिम्मेवारी नलिने प्रवक्ता डा. रोजनाथ पाण्डे बताउँछन् । प्रतिनिधिसभा रहेका बेला उनीहरूले गाडीका लागि तेल, मर्मत खर्चसहित ड्राइभरका लागि तलब सुविधा पाउने गरेका थिए, जुन गत पुस ५ गतेदेखि रोकिएको छ । संसद् सचिवालयबाट चार पूर्वसभामुखहरूले पनि सवारी सुविधा लिइरहेका छन् । पूर्वसभामुखहरू कांग्रेस नेता रामचन्द्र पौडेल, नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङ, प्रचण्ड–माधव पक्षमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा र ओनसरी घर्तीले पूर्वसभामुखको हैसियतमा संसद् सचिवालयको स्कार्पियो गाडी चढिरहेका छन् । कांग्रेसका नेता एवं पूर्वसभामुख दमननाथ ढुंगानाले भने सचिवालयको गाडी सुविधा लिएका छैनन् ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply