निर्वाचन आयोगले भोलि नै पूर्वएमाले र माओवादी केन्द्रलाई चिठी लेख्दै
सन्ध्या तिवारी र गोपाल किराँती नेतृत्वका एमाले र माओवादी केन्द्रलाई पनि पत्र पठाउनेकाठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच २०७५ जेठ ३ गते भएको एकीकरण नै खारेज गरिदिएपछि अब निर्वाचन आयोगले ती दुई पार्टीलाई ब्युँताउनु पर्ने भएको छ।
आइतबार सर्वोच्चले आदेश दिएको केही घन्टामै उक्त फैसला आयोगमा पुगेको र दर्ता भइसकेको आयोगले जानकारी दिएको छ। फैसला दर्ता भएसँगै निर्वाचन आयोगले पूर्वएमाले र माओवादी केन्द्र ब्युँताउने प्रक्रिया पनि थाल्ने भएको छ।
सर्वोच्चको आदेशअनुसार पूर्वएमाले र माओवादी केन्द्र ब्युँताउन आयोगमा ती नाम खाली हुनुपर्छ। अहिले नेकपा एमाले र माओवादी केन्द्र अर्कैका नाममा दर्ता भएकाले पूर्वएमाले र माओवादी केन्द्रलाई ब्युँताउन अहिले दर्ता भएका पार्टीको नाम परिवर्तन गर्नु पर्नेछ।
आयोग उच्च स्रोतका अनुसार अहिले ती पार्टी आफ्नो नाममा दर्ता गरेका र पूर्वएमाले र माओवादी केन्द्रलाई मंगलबार नै पत्र पठाउने तयारी छ।
भोलि चारवटै पार्टीलाई सर्वोच्चको फैसला कार्यान्वयन गर्नु पर्ने भयो भनेर पत्र पठाउँछौं,ु स्रोतले भन्यो।
आयोगले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई तपाईंहरूको दल फेरि दर्ता गर्नु पर्ने भएकाले अभिलेखसहित आउनूु भन्दै पत्र पठाउने भएको छ।
त्यस्तै गोपाल किराँतीलाई तपाईंको पार्टीको नाम र चुनाव चिन्ह गोलाकारभित्र हसियाँ हथौडा अर्को पार्टीसँग मिलेकाले परिवर्तन गर्नुपर्नेु र सन्ध्या तिवारीलाई नाममात्रै अर्को पार्टीसँग मिलेकाले परिवर्तन गर्नुपर्ने भन्दै पत्र पठाउने छ। तिवारीले आफ्नो नाममा नेकपा एमाले दर्ता गरेकी छन् तर उनको चुनाव चिन्ह उदाउँदै गरेको सूर्य छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply