को–को नेता सहभागी छन् धुम्वाराही वार्तामा ?
काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन केपी शर्मा ओली र माधव नेपाल दुवै समूहबीच अहिले पार्टी कार्यालय धुम्वाराहीमा बैठक बसिरहेको छ । ओली र नेपालवीच चार महिनायता भेटसमेत भएको थिएन ।
विहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री ओली सवा ११ बजे पुगेका थिए । प्रधानमन्त्री पुग्नासाथ छलफल शुरु भएको हो । वार्तामा ओली समूहबाट अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली र सुवास नेम्वाङ सहभागी छन् ।
त्यस्तै नेपाल समूहबाट नेपालसहितका नेताहरु भीम रावल,घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी छन् । नेपाल पक्षले आइतवारमात्रै ओलीविरुद्ध संयुक्त वक्तव्य जारी गर्दै कम्युनिस्ट आन्दोलन विसर्जन गर्न लागेको आरोप लगाएको थियो । साथै, यो समूहले बालुवाटारमा हुने कुनै बैठक तथा छलफलमा नजाने निर्णय गरेको थियो ।
पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले अशन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको निकट स्रोतले जनाएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि विभाजित भएका नेताहरु एमाले ब्युँतिएपछि पहिलो पटक औपचारिक छलफलमा बसेका हुन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply