भोलीको भेला उद्घाटन गरिदिन अध्यक्ष ओलीलाई योगेशको आग्रह
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले भोलीबाट शुरु हुने पार्टीको दुइृदिने राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गरिदिन अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन् ।
भोलीबाट शुरु हुने भेलाको व्यवस्थापकीय तयारीका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख भट्टराईले बालुवाटारले आफूहरुलाई कार्वाही गर्ने धम्की दिईररहेको उल्लेख गर्दै अध्यक्ष ओलीको कारबाही भोग्न आफूहरु तयार रहेको समेत बताए ।
इतिहासले ओलीलाई निर्मम कारबाही गर्ने चेतावनी दिदै उनले भने, ‘आज उहाँले बालुवाटारबाट हामीलाई कारबाहीको धम्की दिनुभएछ । हामी एकपछि अर्को कारबाही भोग्न लामबद्ध भएका छौं । इतिहासले तपाईंलाई पनि कठोर कारबाही गर्नेछ र त्यो बेला तपाईंका निम्ति दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन् । त्यसैले धम्कीको भाषा नाबोलौं, दुई वर्ष बालुवाटारमा चैनका साथ बस्नुस्, बारुदका गन्ध नफैलाउनुस् ।’
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply