उपत्यका प्रवेश गर्न एन्टिजेन परीक्षण अनिवार्य
काठमाडौं । उपत्यका प्रवेश गर्ने एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ। काठमाडौं जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले अब काठमाडौं प्रवेश गर्नेमध्ये शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्नु पर्ने निर्णय गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सम्बन्धित स्थानीय तहहरूलाई नाकाहरूमा हेल्थ डेस्क स्थापना गरेर शंकास्पद व्यक्तिहरूको एन्टिजेन परीक्षण गराउन निर्देशन दिएको जानकारी दिए।
साथै सबै स्थानीय तहहरूलाई क्वारेन्टिन र आइसोलेसन सेन्टर व्यवस्थापन गर्न पनि भनिएको छ। तर नाकाहरूमा कहिलेबाट एन्टिजेन परीक्षण सुरू गर्ने समय तोकिएको छैन। प्रमुख जिल्ला अधिकारी पराजुलीले त्यसका लागि स्थानीय तहहरूले नै समन्वय र कार्यान्वयन गर्ने बताए।
पछिल्लो समय भारतमा कोरोना संक्रमण दर बढेको र त्यसको जोखिम नेपालमा पनि रहेको औल्याउँदै उपत्यका प्रवेश गर्ने मानिसहरूमा जाँच कडा पार्न लागिएको हो।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply