नेपाल – खनाल समुहले बागमती प्रदेशमा पनि अलग कमिटी घोषणा गर्दै

काठमाण्डौ । नेकपा एमालेको माधव नेपाल पक्षले बागमती प्रदेशमा पनि अलग्गै कमिटी बनाउने भएको छ।
त्यसका लागि आज दिउँसो १२ बजे बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बागमती प्रदेशस्तरीय स्थायी समिति बैठक बस्दै छ। बैठकले पार्टीको बागमती प्रदेश कमिटी घोषणा गर्ने एक नेताले जानकारी दिए।
आजै सुदूरपश्चिम प्रदेशमा नेपाल पक्षले अलग्गै कमिटी घोषणा गर्दै छ।
सर्वोच्च अदालतको फैसलाले एमालेलाई पहिलेकै अवस्थामा फर्काइदिए पनि अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ गते कमिटीलाई मान्यता नदिई आफूखुसी फेरबदल गरेको भन्दै माधव नेपाल पक्षले केन्द्रदेखि वडा तहसम्म अलग समानान्तर कमिटी बनाउने अभियान थालेको हो।
पार्टीको नाम विवादमा ऋषि कट्टेलले २ वर्षअघि दिएको मुद्दामा सर्वोच्च अदालते गत फागुन २३ गते उनकै नेकपालाई मान्यता दिँदै एमाले–माओवादी केन्द्र मिलेर पछि निर्वाचन आयोगमा दर्ता नेकपा बदर गरिदिएको हो। योसँगै पुनर्स्थापना भएको एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको समूह र झलनाथ खनाल–माधवकुमार नेपालको पक्षबीच तीव्र विवाद सुरु भएको हो।
अदालतले फैसला गरेको ५ दिनपछि फागुन २८ गते अध्यक्ष ओलीले आफूपक्षीय केन्द्रीय बैठक राखी खनाल–नेपाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोस्दै गृहमन्त्री रामबहादुर थापा बादलसहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाउने निर्णय गरेपछि विवाद चर्किएको हो।
जसको विरोधमा खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेलादेखि समानान्तर कमिटी गठनसम्मलाई तीव्रता दिइरहेको हो।
सम्बन्धित समाचार
-
कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने, संसद सचिवालयमा पत्र दर्ता
-
एमालेमा एकताको बिन्दुको खोजी
-
एमालेको नौ प्रदेश र ६७ जिल्ला नेतृत्वमा पुनर्गठन
-
दलहरुबीच नयाँ समन्वय र समझदारी कायम हुने सभामुखको विश्वास
-
उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
-
प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने
-
तत्काल कुनै क्षेत्र बन्द नहुने, आज नयाँ स्वास्थ्य मापदण्ड सार्वजनिक गरिने
-
अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री – प्रदीप गिरी
-
सभामुखले बोलाउँदा किन गएनन् मुख्यमन्त्री छुट्टै बोलाए सर्वदलीय छलफल
-
लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छ – मन्त्री केसी
-
निर्वाचन आयोगले फैसला नदिनु विडम्बना – नेता नेपाल
-
ओलीलाई साथ दिनेहरु दास हुन् – वरिष्ठ नेता नेपाल
Leave a Reply