२५ चैत्र २०७७, बुधबार ०३:५५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कोरोनाविरुद्धको चिनियाँ खोप आजदेखि लगाइँदै

काठमाडौं । चीनबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप आज बुधबारदेखि लगाइँदैछ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो ।
उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि खोप दिइने मन्त्रालयले जनाएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानमा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
-
एमालेमा एकताको बिन्दुको खोजी
-
एमालेको नौ प्रदेश र ६७ जिल्ला नेतृत्वमा पुनर्गठन
-
उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
-
निर्वाचन आयोगले फैसला नदिनु विडम्बना – नेता नेपाल
-
सांसदलाई पदमुक्त गर्ने प्रचण्डको निर्णय प्रतिगामी – प्रभु साह
-
एमाले प्रवेश गरेका ४ सांसद माओवादी केन्द्रबाट निश्कासित
-
अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा नेपाल–खनाल समूहको बागमती प्रदेश कमिटी घोषणा
-
सरकारको तत्काल लकडाउन गर्ने योजना छैन– स्वास्थ्यमन्त्री त्रिपाठी
-
नेपाल – खनाल समुहले बागमती प्रदेशमा पनि अलग कमिटी घोषणा गर्दै
-
उपत्यका प्रवेश गर्न एन्टिजेन परीक्षण अनिवार्य
-
बढ्यो वायु प्रदूषण, धनगढीमा सबैभन्दा बढी
-
आधिकारिक एमाले हामी हौं – वरिष्ठ नेता नेपाल
Leave a Reply