सांसदलाई पदमुक्त गर्ने प्रचण्डको निर्णय प्रतिगामी – प्रभु साह

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले सांसद पद खारेज गर्न संसद सचिवालयलाई पत्र पठाएपछि माओवादी त्यागेर प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका सहरी विकास मन्त्री प्रभु साह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि खनिएका छन्।
बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा भएको बताएका छन्।
उनले आफूले चुनाव जित्न एमालेसँग सहकार्य गर्ने प्रचण्डले कथित दल त्यागको निहुँमा कानुनी डन्डा चलाउन नसुहाउने तर्क गरेका छन्।
आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकतारसहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख़्नेहरूले हामी साझा घोषणा(पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन, साहले लेखेका छन्,‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन्।
साह तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा विवाद उत्कर्षमा पुग्दा अन्तिमसम्म प्रचण्ड माधव नेपाल समूहमै थिए। उक्त समूहले उनकै गृहजिल्ला रौतहटका नेपाललाई पार्टी अध्यक्ष बनाएपछि उनी ओली समूहमा लागेका थिए। आफ्नो समूहमा आएका साहलाई ओलीले मन्त्री बनाएका थिए।
मंगलबारमात्रै माओवादी केन्द्रले साहसहित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरीको सांसद पद खारेज गर्न संसद सचिवालयमा पत्र पठाएको थियो।
सम्बन्धित समाचार
-
कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने, संसद सचिवालयमा पत्र दर्ता
-
एमालेमा एकताको बिन्दुको खोजी
-
एमालेको नौ प्रदेश र ६७ जिल्ला नेतृत्वमा पुनर्गठन
-
दलहरुबीच नयाँ समन्वय र समझदारी कायम हुने सभामुखको विश्वास
-
उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
-
प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने
-
तत्काल कुनै क्षेत्र बन्द नहुने, आज नयाँ स्वास्थ्य मापदण्ड सार्वजनिक गरिने
-
अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री – प्रदीप गिरी
-
सभामुखले बोलाउँदा किन गएनन् मुख्यमन्त्री छुट्टै बोलाए सर्वदलीय छलफल
-
लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छ – मन्त्री केसी
-
निर्वाचन आयोगले फैसला नदिनु विडम्बना – नेता नेपाल
-
ओलीलाई साथ दिनेहरु दास हुन् – वरिष्ठ नेता नेपाल
Leave a Reply