निर्वाचन आयोगले फैसला नदिनु विडम्बना – नेता नेपाल
वीरगञ्ज । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीको विवादमा निर्वाचन आयोगले निर्णय नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । नेता नेपालले भने, निर्वाचन आयोग जस्तो संवैधानिक अंगले फैसला गर्दैन, योभन्दा ठूलो विडम्बना के होला ।
एमाले पुनर्जीवित भएपछि २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर विधान संशोधन गर्ने, अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी हटाउने, माओवादी केन्द्र छाडेर आएका २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए । त्यसविरुद्ध नेपाल समूह आयोग गएको थियो ।
आयोगले निर्णय नदिएपछि बेठीक भयो भनेर कार्यकर्तामाझ आएको भन्दै उनले समानान्तर कमिटी गठनको बचाउ गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टीलाई एकताबद्ध गर्न २ जेठ २०७५ मा फर्कनुको विकल्प नभएको बताए । जेठ २ गतेसम्म राजनीतिक प्रतिवेदन, विधान, नेतृत्व जुन थियो त्यसलाई यथावत मान्नुपर्छ भनेका हौं, उनले भने, तर अध्यक्ष ओलीले मतलबै नदिइ सानो गुटको भेला बोलाउनुभएछ । त्यसैलाई केन्द्रीय कमिटीको विषेश बैठक नाम दिएर आफ्नो पक्षमा नभएकाहरुको पत्ता साफ गरिदिनुभयो । पद पनि खोसिदिनुभयो, जिम्मेवारी खोसिदिनुभयो । मान्छे थपिदिनुभयो । विधान संसोधन गरिदिनुभयो ।
अहिले पनि विधि सम्वत ढंगले छलफल गरेर निकास खोज्नुपर्ने उनले बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply