प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला उल्लंघन गरेको भन्दै सर्वोच्च जाने तयारीमा नेपाल–खनाल समूह
काठमाण्डौ। नेकपा–एमालेका वरिष्ठ नेताद्वय नेपाल र खनाल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएका छन्।
सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलाको अध्यक्ष ओलीले पालना नगरेको भन्दै नेपाल र खनालले मुद्दा दायर गर्न लागेका हुन्।
अध्यक्ष ओलीले फागुन २३ को फैसलाको सम्मान नगरेको भनी नेताहरु सर्वोच्चमा मुद्दा हाल्ने तयारी गर्नुभएको हो,एक एमाले नेताले भने।
तत्कालीन नेपाल कम्युष्टि पार्टी नेकपा को नामबारे परेको रिटमा फागुन २३ गते फैसला सुनाउँदै सर्वोच्च अदालतले एमाले र माओवादीको एकीकरणलाई नै बदर गरेको थियो।
अदालतले ती दुवै पार्टी एकीकरणभन्दा पूर्वको अवस्थामा पुग्ने आदेश दिएको थियो।
तर सो आदेशविपरित अध्यक्ष ओलीले आफू अनुकूल पार्टीका समितिहरुको पुनर्गठन तथा परिचालन गरेको भनी नेपाल–खनाल समूहले विरोध गर्दै आएको छ।
उनीहरुले पार्टी एकीकरण गर्नुअघि अर्थात २०७५ जेठ २ गते कायम रहेका पार्टीका समितिहरु क्रियाशील बनाउन माग गर्दै आएका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply