प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला उल्लंघन गरेको भन्दै सर्वोच्च जाने तयारीमा नेपाल–खनाल समूह
काठमाण्डौ। नेकपा–एमालेका वरिष्ठ नेताद्वय नेपाल र खनाल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएका छन्।
सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलाको अध्यक्ष ओलीले पालना नगरेको भन्दै नेपाल र खनालले मुद्दा दायर गर्न लागेका हुन्।
अध्यक्ष ओलीले फागुन २३ को फैसलाको सम्मान नगरेको भनी नेताहरु सर्वोच्चमा मुद्दा हाल्ने तयारी गर्नुभएको हो,एक एमाले नेताले भने।
तत्कालीन नेपाल कम्युष्टि पार्टी नेकपा को नामबारे परेको रिटमा फागुन २३ गते फैसला सुनाउँदै सर्वोच्च अदालतले एमाले र माओवादीको एकीकरणलाई नै बदर गरेको थियो।
अदालतले ती दुवै पार्टी एकीकरणभन्दा पूर्वको अवस्थामा पुग्ने आदेश दिएको थियो।
तर सो आदेशविपरित अध्यक्ष ओलीले आफू अनुकूल पार्टीका समितिहरुको पुनर्गठन तथा परिचालन गरेको भनी नेपाल–खनाल समूहले विरोध गर्दै आएको छ।
उनीहरुले पार्टी एकीकरण गर्नुअघि अर्थात २०७५ जेठ २ गते कायम रहेका पार्टीका समितिहरु क्रियाशील बनाउन माग गर्दै आएका छन्।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply