एमाले कार्यदल बैठक सिंहदरबारमा बस्दै
काठमाडौं पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमाले कार्यदलको बैठक बिहीबार बस्दैछ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बस्ने कार्यदलको बैठकले हिजो बुधबार साँझ शीर्ष नेताद्वयबीच भएको छलफलको समिक्षा गर्दै पार्टी एकतालाई टुंगोमा पुर्याउने भएको छ।
कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएपछि बुधवार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो। तर उक्त छलफलमा कुनै निष्कर्ष निस्किएको थिएन।
करिब २ महिनापछि भएको ओली र नेपालबीचको छलफललाई कार्यदलका सदस्यले सकारात्मक रूपमा लिएका छन्। यद्यपी उक्त छलफलमा दुबैले आआफ्नो अडान नछोडेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो।
भेटमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपाललाई विपक्षी गठबन्धन छोडेर आफूलाई निःशर्त सहयोग गर्न भनेका थिए। उनले पार्टीलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने विषयमा कुनै प्रस्ताव नराखेपछि नेता नेपाल सहमत नभएको स्रोतले बतायो।
तपाईंहरू विपक्षी गठबन्धनमा लाग्नुभयो। त्यसलाई छोड्नुपर्छ। विपक्षी गठबन्धनले मलाई अप्ठेरोमा पारिरहेको छ। त्यसलाई छोडेर मलाई सहयोग गर्नुहोस्। म अप्ठेरोमा छु’, ओलीले नेपाललाई भनेका थिए।
ओलीले भने नेपालसँग विपक्षीलाई सहयोग गर्न दिएको हस्ताक्षर फिर्ता लिनमात्र आग्रह गरेको स्रोतको दाबी छ।
ओली र नेपालबीच एक्लाएक्लै भेटवार्ता हुँदा दुबै पक्षका दोस्रो तहका नेताहरू पनि होटल मेरियटमा पुगेका थिए। ओलीनिकट ईश्वर पोखरेल र विष्णु पौडेल र नेपालनिकट भीम रावल र सुरेन्द्र पाण्डे होटलमा थिए।
सोमवारदेखि शुरू भएको कार्यदलको बैठक सहमति उन्मुख भएको सदस्यहरूले बताउँदै आएका छन्।
कार्यदलमा हाम्रो छलफल जारी छ, आज शीर्ष नेताहरूको बीचमा पनि वार्ता भएको छ। अब फेरि हामीले विषयमा प्रवेश गरेर कुराकानी गर्नेछौं, नेताहरूको बीचमा पनि कुरानकानी हुनेछ। यसको उद्देश्य भनेको समस्या समाधान गर्न सहमतिमा पुग्ने हो,’ रावलले भने।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply