एमाले कार्यदलको बैठक आज पनि बस्दै,
२५ असार काठमाडौं । सत्तारुढ नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज शुक्रबार पनि बस्दै छ । बैठक सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने तय गरिएको छ । आजको बैठकले सहमतिसहित निष्कर्ष दिने वार्ता समितिका सदस्य सुवास नेम्वाङले बताएका छन् ।
एमालेको विवाद समाधान गर्न नेताहरु १० दिनदेखि निरन्तर छलफलमा रहे पनि ठोस प्रगाति भने भएको छैन । बिहीबार दुई पटक बसेको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । प्रधानमन्त्री एवं अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल गरी एमाले दुई समूहमा विभाजित छ । उनीहरुलाई एक बनाउने प्रयासले अहिले तीव्रता पाएको हो ।
कार्यदलका नेपाल पक्षीय सदस्य घनश्याम भुसालले बिहीबार साँझको बैठकपछि १० दिनदेखि कुनै प्रगति हुन नसकेको बताएका थिए । ओली पक्षका तर्फबाट कार्यदल संयोजक समेत रहेका नेता सुवास नेम्वाङले भने आफू आशावादी रहेको बताएका थिए ।
एमालेले आन्तरिक विवाद मिलाउन ओली पक्ष र माधव नेपाल पक्षका पाँच–पाँच जना सदस्यहरु रहेको कार्यदल गठन गरेको छ । कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । यसैगरी नेपाल पक्षबाट भिम रावल, घनश्यास भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त कार्यदलमा छन् ।
अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसद्ले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply