एमालेमा जुट्यो सहमति
२५ असार काठमाडौं । नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो । आजको वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए ।
उनले भने, ‘आजको वैठक निकै लामो, सौहार्द र सघन भयो । झण्डै सात घन्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौं ।
सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि फेरी बैठक बस्ने उनले जानकारी दिए । । सहमतिका बुँदा थाहा पाउन १८ घन्टा पर्खिन उनले आग्रह गरेका छन् ।
माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि लगभग सहमतिमा पुगेको बताए । एकाध विषयहरु भोली टुंग्याउने उनको भनाइ छ ।
‘एकाध विषयमा छलफल बाँकी छ, भोली सम्पूर्ण हिसाबले निस्कर्षमा पुग्छौ,’ उनले भने, ‘समयको अभावले एकाध विषय बाँकी रहेको हो । अरु सबैमा सहमतिमा पुगेका हौं । हामी सम्पूर्ण हिसाबले पार्टीलाई एकतावद्ध गर्छौं ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply