प्रधानमन्त्री आज सिन्धुपाल्चोक जाँदै, बाढी पीडितलाई राहत प्याकेज घोषणाको तयारी
२६ असार काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक भ्रणमा जाने भएका छन्।
बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण तथा पीडित परिवारलाई राहत प्याकेज घोषणा गर्न प्रधानमन्त्री ओली बिहान १० बजे सिन्धुपाल्चोक जान लागेका हुन्।
नेपाली सेनाको हेलिकप्टरमार्फत् ओली सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बुसहित बाढीपहिरो प्रभावित क्षेत्रको भ्रमणमा जान लागेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्बाङ, सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङ लगायत पनि सिन्धुपाल्चोक भ्रमणमा जाँदैछन्।
प्रधानमन्त्री ज्यूले बाढीपहिरो प्रभावित मेलम्ची र हेलम्बुका नागरिकसँग अन्तक्रिया गर्नुहुनेछ, सांसद तामाङले भने, त्यही कार्यक्रममार्फत् पीडितलाई राहत प्याकेजको पनि घोषणा हुनेछ।’ प्रधानमन्त्रीले पीडित परिवारलाई अस्थायी बसोबाससहितको राहत प्याकेज घोषणा गर्ने तामाङले जानकारी दिए।
गएको ३१ जेठमा इन्द्रावती नदीमा आएको बाढीपहिरोले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा ठूलो जनधनको क्षति गरेको थियो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply