ओली– नेपाल बिच भेटवार्ताको तयारी
२८ असार काठमाण्डौ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ।
एमालेको आन्तरिक विवाद समाधान गर्न कार्यदलबीच १० बुँदे सहमति भएको र उक्त प्रस्ताव अनुमोदनलगायत विषयमा छलफल गर्न ओली नेपालबीच भेटवार्ताको तयारी छ।
नेता सुवास नेम्वाङका अनुसार अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ताको तयारी छ। ‘हामीले तपाईंहरू भेटेर कुरा गर्नुस् भनेका छौं। उहाँहरू कतिबेला भेट गर्नुहुन्छ समय टुंगो भइसकेको छैन नेम्वाङले भने।
साथै कार्यदलबीच सहमति भएका १० बुँदाबारे स्थायी कमिटी बैठक गरी अनुमोदन गर्ने तयारी छ। साथै नेता नेपालले कार्यदलबीच भएको सहमतिलाई गलत व्याख्या गरेर अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्न नमिल्ने बताइरहेका छन्।
एमालेमा पुरानै संरचनाअनुसार पार्टी सञ्चालन गर्नेलगायत सहमतिमा आइतबार कार्यदलका सदस्यहरू पुगेका थिए।
यस्तै एमालेले आइतबारका लागि बोलाएको स्थायी कमिटी बैठक आजसम्मका लागि स्थगित गरेको थियो।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार मंगलबार बस्ने गरी केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply