नवनियुक्त मन्त्रीहरुले आज कार्यभार सम्हाल्दै
३० असार, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले आज पदभार ग्रहण गर्दैछन् । मंगलबार शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका मन्त्रीहरुले बुधबार मन्त्रालय पुगेर कार्यभार सम्हाल्न लागेका हुन् ।
गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बिहान साढे १० बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
यसैगरी अर्थमन्त्री जनार्दन शर्माले बुधबार बिहान १० बजे मन्त्रालय पुगेर कार्यभार सम्हाल्दैछन् । मन्त्रालय गएर कार्याभार सम्हाल्नुअघि शर्माले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेर शहीद स्तम्भमा माल्र्यापण गर्ने उनको सचिवालयले जनाएको छ ।
कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार साँझ नै पदभार ग्रहण गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । बुधबार साँझ बसेको मन्त्रिपरिषदको पहिलो बैठकले चैत मसान्तभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply