कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
३१ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
बुधबार सिंहदरवारमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी सँगको छलफलमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणलाई चुस्त बनाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री नियुक्त भएको दोस्रो दिनमा देउवाले कोरोनाको उपचार, रोकथाम र व्यवस्थापनका बारेमा भएका कामकारवाहीका बारेमा जानकारी लिएका हुन् ।
‘कोभिड१९ को उपचार, रोकथाम र व्यवस्थापनका बारेमा हालसम्म भएका कामकारवाहीका विषयमा कोभिड१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीसँग जानकारी लिएको छु,’
प्रधानमन्त्री देउवा नेतृत्वको सरकारको मंगलबार साँझ बसेको पहिलो बैठकले चैत मसान्तभित्र खोप लगाउन योग्य सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।
देउवा सरकारले कोरोना नियन्त्रण र खोपको उपलब्धतालाई प्राथमिकता दिएको छ । सरकारले कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएको सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
साथै कोरोना नियन्त्रणमा अग्रमोर्चामा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई एक हप्ताभित्रै जोखिम भत्ता वितरण सुरु गर्ने निर्णय पनि गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply