कार्यदलका नेताहरु थप सक्रिय बन्दै, १० बुँदे कार्यान्वयनमा जोड
२ साउन, काठमाडौं । पार्टीमा फेरि अन्तरविरोध बढेको भन्दै नेकपा एमालेका दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन् ।
शनिबार सिंहदरबारमा भएको अनौपचारिक छलफलमा गत असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन र पार्टी एकता जोगाउने विषयमा छलफल भएको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवुकमार नेपाल पक्षका नेताहरुले असार २७ मा १० बुँदे सहमति गरे पनि सहमति कार्यान्वयन नहुँदै अध्यक्ष ओली र नेता नेपालबीच अन्तरविरोध बढेको छ ।
शुक्रबार अध्यक्ष ओलीले राखेको स्थायी कमिटी र संसदीय दलको बैठकमा नेपाल पक्षका नेताहरु गएनन् । स्थायी कमिटी बैठक स्थलमा पुगेर नेपाल पक्षका कार्यदल सदस्यहरुले बैठक रोक्ने र १०बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए ।
तर अध्यक्ष ओलीले बैठक रोकेनन् । आफ्नो पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीबाट १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल खारेज गर्ने निर्णय गराएका थिए ।
शनिबार भएको अनौपचारिक बैठकमा कार्यदलका सदस्य १० जना नेता र पार्टी सचिव भीम आचार्य सहभागी भएका थिए । सबै नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गरेर एकता जोगाउनुपर्छ भन्ने मत राखेका सचिव विष्टले बताए ।
एमाले नेता सुवासचन्द्र नेम्वाङले दश बुँदे सहमति कार्यान्वयनमा जोड दिइएको बताए ।
‘दश बुँदे सहमतिलाई स्थायी कमिटीले अनुमोदन गरिसकेको छ । अब त्यसलाई कार्यान्वयन गर्दै पार्टीलाई एकतावद्ध बनाउनुपर्दछ भन्नेबारे आज हामीहरुबीच छलफल भएको हो,’ उनले भने, ‘त्यसलाई कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्छ भन्नेमा सबैको जोड छ ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply