५ श्रावण २०७८, मंगलवार ०२:३४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै
५ साउन काठमाडौं, । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज मंगलबार पनि बस्ने भएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक हिजोबाट शुरु भएको हो । आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा पार्टीमा रहेको आन्तरिक विवाद, पार्टी अनुसासन, पार्टीले चाल्ने सक्ने कारबाहीको कदमलगायत विषयमा छलफल भइरहेको छ । सोमबारको बैठकले माधव नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
यस्तै बैठकले एमाले विवाद समाधान कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव अनुमोदन गरेको थियो । हिजोको केन्द्रीय कमिटी बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा स्थायी कमिटी बैठक पनि बसेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply