५ श्रावण २०७८, मंगलवार १०:४२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
माधव नेपालले बोलाए सांसदहरुको भेला
५ साउन काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षका सांसदहरुसँग छलफल गर्न भेला बोलाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुले अपराह्न ४ बजे छलफल गर्न लागेको एक सांसदले जानकारी दिएका छन् । उनीहरुले बानेश्वरस्थित एक होटेलमा छलफल गर्न लागेका हुन् ।
गएको आइतबार प्रतिनिधिसभामा भएको मतदानमा एमालेका २२ सांसद्ले देउवाको पक्षमा मतदान गरेका थिए । यता एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई स्पष्टीकरण माग गरेका छन् ।
हिजो बसेको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । तर, सांसदहरुले भने उक्त स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । एमाले अध्यक्ष ओलीले पनि २४ घण्टाको समय बितिसक्दा समेत स्पष्टीकरणको विषयमा कुनै कदम चालेका छैनन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply