६ श्रावण २०७८, बुधबार ०७:३८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
माधव नेपाल समूहको स्थायी कमिटी बैठक सुरू
६ साउन काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी कमिटी बैठक सुरू भएको छ।
काठमाडौंको शंखमुलमा सुरू बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टी एकीकरणको आगामी संभावनाबारे छलफल जारी छ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने कि नदिने विषयमा सहमति जुट्न नसकेपछि गत साउन ३ गते यता स्थायी कमिटी सदस्यहरू जुट्न सकेका थिएनन्।
बुधबार बैठकमा साउन ३ यताको राजनीतिक परिस्थिति र एमाले एकताकै विषयमा छलफल केन्द्रीत हुने एक स्थायी कमिटी सदस्यले बताए।
बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिएका कार्यदल सदस्य रहेका स्थायी कमिटी सदस्यहरू पनि उपस्थित छन्।
अध्यक्ष केपी शर्मा ओलीले देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरूलाई कारवाही गर्ने बताइरहेका बेला बुधबारको छलफल त्यो विषयमा पनि केन्द्रीत हुने नेताहरूले बताएका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply