देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सोध्यो एमालेले स्पष्टीकरण
६ साउन काठमाण्डौ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई यही आइतवार विश्वासको मत दिएका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ। एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले माधव नेपालसहितका २२ सांसदलाई बुधबार स्पष्टीकरण सोध्दै पत्र पठाइएको पुष्टि गरेका छन्।
उनका अनुसार ईमेलमार्फत र हार्ड कपी पनि सम्बन्धित सांसदहरुसम्म पठाइएको छ। एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले २४ घण्टाको समय दिएर स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव गरेका थिए। पार्टी अनुशासन उलंघन गरेको निचोडसहित सबै २२ सांसदलाई स्पष्टीकरण सोधिएको छ, तामाङले भने।
आइतवार राति संघीय संसदमा भएको विश्वासको मतका क्रममा नेपाल समूहमा लागेका १४ जना र ओली समूहका ८ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए। विश्वासको मत दिएका ओली पक्षका ८ सांसद पनि अहिले नेपाल समूहमा मिसिएका छन्।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply