७ श्रावण २०७८, बिहीबार ०६:२६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
यातायात व्यवसायी आन्दोलित, उपत्यकाको ट्राफिक व्यवस्थापन अस्त–व्यस्त
७ साउन काठमाडौं, । आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले गाडीसहित निकालेको र्यालीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्त–व्यस्त भएको छ ।
भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै उनीहरुले चक्रपथमा र्याली निकालेका छन् । र्यालीका कारण कोटेश्वरदेखि सानेपासम्म नै जाम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यकाका भित्रि सडकमा भने जाम छैन ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको अगुवाइमा व्यवसायी आन्दोलित भएका हुन् । विभिन्न सात बुँदे माग अघि सारेका छन् । आफ्ना सवारीसाधनसहित उनीहरु विभाग घेराउ गर्न जाँदैछन् ।
कोरोनाको जोखिमका कारण भएको निषेधाज्ञाले समस्यामा परेका व्यवसायीलाई राहतको व्यवस्था तथा गाडीको बिमा, नवीकरण र जरिवाना छुट तथा कोरोना विरुद्धको खोप लगायतका माग उनीहरुले राखेका छन्
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply