कोरोनाले दुई वर्षदेखि रोकिएका त्रिविका परीक्षा आजदेखि शुरु
१० साउन काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयका परीक्षा आज आइतबार देखि शुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि शुरु भएको हो ।
भोलिदेखि व्यवस्थापनको परीक्षा शुरु हुँदैछ । कोरोना महामारीका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थीलाई परीक्षा पूर्वको व्यवस्थापन सहज नहुँदा समस्या भएको छ । कोरोनाका कारण धेरै विद्यार्थी संख्या भएका विषयमा परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक अनलाइन प्रणालीबाट परीक्षा फारम भरेको थियो । तर प्रवेश पत्र र विषय नमिलेका कारण समस्या भोग्नुपरेको विद्यार्थीको गुनासो छ ।
परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर नयाँ प्रविधिबाट परीक्षाका प्रक्रिया सञ्चालन गर्दा केही प्राविधिक कठिनाइ आएको जनाएको छ । साथै परीक्षालाई सहज बनाउन पायक पर्ने केन्द्र छनोट गर्न समय तोकिएको तथा रजिष्ट्रेशन अनिवार्य गर्नुपर्ने व्यवस्थालाई फाराम भर्ने समयसम्म खुकुलो बनाइ इन्ट्री गर्न पाउने व्यवस्था बनाइएकाले केही परीक्षार्थीलाई समस्या परे पनि आवश्यक समन्वय गरी परीक्षामा समावेश गर्न अनुरोध गरेको छ ।
प्रवेशपत्रमा फोटो नआएको, परीक्षार्थीले परीक्षा दिनुपर्ने विषय प्रवेश पत्रमा प्रिन्ट गर्दा कम विषयहरु प्रिन्ट भएको भए या केन्द्र परिवर्तन भएको नदेखिएकोमा ट्रिप्लीकेट हेरेर परीक्षा नियन्त्रण कार्यालय वा सम्बन्धित क्याम्पससँग समन्वय गरी परीक्षामा समावेश गर्न केन्द्राध्यक्षलाई आग्रह गरिएको छ ।
साथै फोटो नभएको प्रवेशपत्र भए परीक्षार्थीको नागरिकता वा अरु परिचय खुल्ने परिचयपत्र हेरेर नियमअनुसार परीक्षा सञ्चालन गर्न परीक्षा नियन्त्रण कार्यालयले निकालेको सूचनामा भनिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply