चीनबाट आज थप आठ लाख डोज खोप आइपुग्दै
१० साउन काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको थप आठ लाख डोज भेरोसेल खोप आज आइतबार दिउँसो नेपाल आइपुग्दै छ ।
नेपाल एयरलाइन्सको वाइडबडी जहाज आठ लाख डोज खोप लिएर आज दिउँसो काठमाडौं आइपुग्ने व्यवस्थापन महाशाखा आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिए ।
यसअघि साउन ७ गते नेपाल एयरलाइन्सको जहाजले आठ लाख डोज खोप ल्याएकोे थियो । चीनबाट अबको तीन दिनभित्र २५ लाख खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सरकारले चीनसँग ४० लाख डोज भेरोसेल खोप खरीद गरेको छ । सोमध्ये असार २५ र साउन ७ गते आठ आठ लाख डोज गरी १६ लाख डोज खोप नेपाल आइसकेको छ । आजसहित २४ लाख खोप नेपाल आइपुग्ने छ । बाँकी आठ लाख डोज खोप लिन विमान पुनः बेइजिङ जाने जनाइएको छ ।
यसअघि चीनले १८ लाख खोप अनुदानमा दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूरत होउ यान्छीले थप १६ लाख खोप अनुदानमा दिन लागेको बताएकी थिइन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply