आधिकारिकता पाउने भएपछि उपेन्द्र यादव उत्साहित, महन्थ ठाकुर निराश
११ साउन काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालमा अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकता पाउने करिब पक्का भएको छ। निर्वाचन आयोगले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टी नेपालबीच एकता हुँदा हस्ताक्षर गरेका ५१ जना कार्यकारिणी समिति सदस्यको ुहेड काउन्टु गरिरहँदा यादव पक्षले आधिकारिकता पाउने करिब पक्का भएको हो।
आयोग स्रोतका अनुसार अहिलेसम्म यादवको पक्षमा ३४ जना कार्यकारिणी समिति सदस्यले हस्ताक्षर गरिसकेका छन्। यो भनेको झण्डै दुईतिहाइ हो।
जसपामा रहेका ५१ जना कार्यकारिणी सदस्यमध्येमा यसअघि यादव पक्षमा ३३ जना रहेको बताइएको थियो। तर आज आयोगमा यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका हुन्।
यादवलाई महन्थ ठाकुर पक्षका राजकिशोर यादव र मनीषकुमार सुमनले पनि साथ दिएका छन्। त्यस हाल जेलमा रहेका रेशम चौधरीले पनि आफूहरुलाई नै साथ दिने दाबी यादवले गरेका छन्। उनलाई जेलबाट ल्याएर निर्वाचन आयोगमा सनाखत गराउने तयारी भएको छ।
यादव यसअघि ठाकुर पक्षले केपी शर्मा ओली नेतृत्वको सरकारमा जाँदा मन्त्री पनि भएका थिए। तर अहिले आएर शक्तिहीन भएका ठाकुरलाई यादवले पनि छाडेका हुन्।
अहिले ठाकुर पक्षले कार्यकारिणी समिति र संसदीय दल दुवैमा आफ्नो शक्ति गुमाएको छ। कुनै बेला दुवैतिर बहुमत रहेको ठाकुर पक्ष अहिले कमजोर बनेका छन्। उनीसँग अहिले कार्यकारिणी समितिका १७ देखि १८ र संसदीय दलमा १५ को हाराहारीमा सांसद छन्।
जसपाको आधिकारिकता यादवले पाउने भएपछि ठाकुरलाई दुवैतिर ४० प्रतिशत पुर्याउन पनि समस्या भएको छ। राजनीतिक दल विभाजनसम्बन्धी विद्यमान कानुनमा अहिले दल र पार्टी केन्द्र दुवैतिर ४० प्रतिशत पुगे मात्रै पार्टी विभाजन गर्न सकिन्छ।
तर ठाकुर पक्षले दुवैतिर ४० प्रतिशतको पनि हैसियत गुमाएका छन्। ुहेड काउन्टु सकिएपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया अध्यक्ष रहेको इजलासले सकेसम्म आजै यादव पक्षलाई आधिकारिकता दिनेछ।
आधिकारिकता पाउने भएपछि यादव पक्ष उत्साहित छ भने ठाकुर पक्ष निराश भएको छ। दुई महिनाअघि सम्मको शक्ति यादव पक्षले छिनेपछि ठाकुर पक्ष तनावमा परेको हो। तत्कालीन राष्ट्रिय जनता पार्टी तराई मधेसमा सक्रिय अन्य पाँच दल मिलेर बनेको थियो।
तत्कालीन राजपाका पनि कयौँ नेताहरु यादव पक्षले तान्न सफल भएको छ। यादव पक्षले लामो समयदेखि कांग्रेस(माओवादी गठबन्धनलाई साथ दिएको थियो। उता ठाकुर पक्षले केपी ओली नेतृत्वलाई साथ दिएको थियो। ओली सत्ताबाट बाहिरिएसँगै ठाकुर पक्ष निरीह भएर पार्टीको आधिकारिकता पनि गुमाउने पक्का भएको छ।
आधिकारिकता पाउने भएपछि यादव उत्साहित र हँसिलो देखिएका छन्। उनले पार्टी आफ्नो कब्जामा आइसकेको बताए। ुहाम्रो पक्षमा अहिलेसम्म ३४ जना सदस्यले हस्ताक्षर गरिसकेका छन्। अझै रेशम चौधरी पनि आउँदै हुनुहुन्छु, अध्यक्ष यादवले भने, ुयो संख्या अझै बढ्न सक्छ। हाम्रो पक्षमा, पार्टी एकताको पक्षमा पूरा बहुमत आएको छ।ु
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply