पार्टी एकताको कुरा चलिरहन्छ, सरकारमा सहभागी हुन्छौँ – माधव नेपाल
१२ साउन, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पाँच दलीय गठबन्धनको सरकारमा सहभागी हुने बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मंगलबार बिहान भएको भेटमा नेपालले यस्तो बताएका हुन्।
अध्यक्ष दाहालले पेरिसडाँडामा बसेकव पार्टी स्थायी कमिटी बैठकका क्रममा बोल्दै नेता नेपालले सरकारमा सहभागी हुने बताएको जानकारी दिएका छन्। उनले बैठकमा नेता नेपालको भागमा एकजना प्रदेश प्रमुख र एकजना योजना आयोग सदस्य पनि छुट्याइएको बताए।
शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेश प्रमुख फेर्ने तयारी गरिरहेका बेला प्रचण्डले नेपाललाई भेटेका थिए। माधवजीले पार्टीमा एकताको कुरा चलिरहन्छ, तर हामी सरकारमा सहभागी हुन्छौँ भन्नुभएको छु, बैठकमा बोल्दै दाहालले भने, प्रदेश प्रमुख र योजना आयोग सदस्यको पनि हामी नाम दिन्छौँ। सरकारमा सहभागिताबारे साथीहरुसँग सल्लाह भइरहेको छ।
उता हिजो मात्रै बसेको माधव पक्षीय नेताहरुको स्थायी कमिटी बैठकले एमालेमा चलिरहेको एकतालाई नै अघि बढाउने निर्णय लिएको थियो। नेता रघुजी पन्तले बैठकबाट एमालेमै रहने निर्णय भएको बताउँदै त्यसका लागि छलफल तीव्र बनाउने निर्णय भएको उल्लेख गरेका थिए।
यसैबीच माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा बसेको छ। बैठकमा आफ्नो भागमा परेको प्रदेश प्रमुखसहितका पदमा पठाउने व्यक्ति र मन्त्रिपरिषद् विस्तारबारे कुरा भएको थियो। माओवादीले गण्डकीमा अमिक शेरचनलाई सिफारिस गर्ने भएको छ। उता प्रदेश २ बाट हटाइएका तिलक परियारलाई पनि फेरि सिफारिस गरिएको छ। तर मन्त्रिपरिषद्मा पठाउने थप सदस्यबारे भोलि निर्णय लिने तयारी माओवादीले गरेको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply