पार्टी एकताको कुरा चलिरहन्छ, सरकारमा सहभागी हुन्छौँ – माधव नेपाल
१२ साउन, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पाँच दलीय गठबन्धनको सरकारमा सहभागी हुने बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मंगलबार बिहान भएको भेटमा नेपालले यस्तो बताएका हुन्।
अध्यक्ष दाहालले पेरिसडाँडामा बसेकव पार्टी स्थायी कमिटी बैठकका क्रममा बोल्दै नेता नेपालले सरकारमा सहभागी हुने बताएको जानकारी दिएका छन्। उनले बैठकमा नेता नेपालको भागमा एकजना प्रदेश प्रमुख र एकजना योजना आयोग सदस्य पनि छुट्याइएको बताए।
शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेश प्रमुख फेर्ने तयारी गरिरहेका बेला प्रचण्डले नेपाललाई भेटेका थिए। माधवजीले पार्टीमा एकताको कुरा चलिरहन्छ, तर हामी सरकारमा सहभागी हुन्छौँ भन्नुभएको छु, बैठकमा बोल्दै दाहालले भने, प्रदेश प्रमुख र योजना आयोग सदस्यको पनि हामी नाम दिन्छौँ। सरकारमा सहभागिताबारे साथीहरुसँग सल्लाह भइरहेको छ।
उता हिजो मात्रै बसेको माधव पक्षीय नेताहरुको स्थायी कमिटी बैठकले एमालेमा चलिरहेको एकतालाई नै अघि बढाउने निर्णय लिएको थियो। नेता रघुजी पन्तले बैठकबाट एमालेमै रहने निर्णय भएको बताउँदै त्यसका लागि छलफल तीव्र बनाउने निर्णय भएको उल्लेख गरेका थिए।
यसैबीच माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा बसेको छ। बैठकमा आफ्नो भागमा परेको प्रदेश प्रमुखसहितका पदमा पठाउने व्यक्ति र मन्त्रिपरिषद् विस्तारबारे कुरा भएको थियो। माओवादीले गण्डकीमा अमिक शेरचनलाई सिफारिस गर्ने भएको छ। उता प्रदेश २ बाट हटाइएका तिलक परियारलाई पनि फेरि सिफारिस गरिएको छ। तर मन्त्रिपरिषद्मा पठाउने थप सदस्यबारे भोलि निर्णय लिने तयारी माओवादीले गरेको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply