बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्दै
१३ साउन, काठमाण्डौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत बैठक बस्ने तयारी गरेका छन्।
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले आज बिहान ९ बजे बालुवाटारमा गठबन्धनको बैठक बस्ने बताए।
मन्त्रिपरिषद बिस्तारलगायत विषयमा सत्ता गठबन्धनको बैठक बस्न लागेको छ। देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन्।
जसपाभित्रको आन्तरिक विवाद निर्वाचन आयोगबाट निरूपण गर्दै अध्यक्ष यादव नेतृत्वले आधिकारिकता पाएसँगै गठबन्धन बैठक बस्न लागेको छ।
गठबन्धन बैठकमा यसअघि नेकपा एमालेका नेता माधवकुमार नेपाल पनि सहभागी थिए। एमालेका २२ जना सांसदले गत साउन ३ मा प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए। तर एमाले सरकारमा जाने वा नजाने भन्ने यकिन लागिसकेको छैन।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply