ओली – नेपाल भेट गराउन दोस्रो तहका नेताहरू सक्रिय
१५ साउन, काठमाण्डौ । आन्तरिक विवाद चुलिएको प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संवादका लागि दोस्रो तहका नेताहरू सक्रिय भएका छन्।
ओलीनिकट नेताहरू सुवास नेम्वाङ र बिष्णु पौडेलले ओलीसँग भेटेर कुरा गर्न नेपाललाई आग्रह गरेका छन्।
बिहीबार संसदीय दलका उपनेता नेम्वाङ नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए। भेटमा आफूले अध्यक्ष ओलीसँग भेट्नुस् भनेको उनले बताए।
उहाँ नेपाल अलि परै हुनुहुन्छ। हामीले कोशिश गरिरहेका छौं। दुई जना भेट्नुस् भनेका छौं, नेम्वाङले भने,कतिपय कुरा उहाँहरूकै बीच गर्न मिल्छ। हामीले त कार्यदलका तर्फबाट १० बुँदे बनाएका छौं। त्यही कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो कुरा छ। अरू केही कुरा गर्नुपर्ने हुन्छ भने त्यो उहाँहरूले गर्ने हो।
नेम्वाङले आज बिष्णु पौडेलले नेता नेपाललाई भेट्ने जानकारी दिए। नेम्वाङ र पौडेल दुबै जना विवाद समाधान कार्यदलमा थिए।
उक्त कार्यदलले बनाएको प्रतिवेदन नेता नेपालले स्वीकार गरेका छैनन्।
नेपालसहित २२ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएपछि ओली समूहले उनीहरूलाई स्पष्टिकरण सोधेको थियो। पछि ओलीले सबैलाई आममाफीु भएको बताएका थिए।
नेता नेपालले भने ओलीसँग भेट्न चासो देखाएका छैनन्। एमालेलाई कुनै सर्तबिना २०७५ जेठ २ को अवस्थामा फर्काउनु पर्ने उनको अडान छ। कार्यदलले बनाएको प्रतिवेदनमा जेठमा फर्किने त भनिएको छ तर जेठ ३ र २०७७ फागुन २८ को निर्णय पनि मान्नुपर्ने उल्लेख छ। नेपाल त्यसमा असन्तुष्ट छन्।
नेपाल समूहले केही समयअघि प्रधानमन्त्री हुँदा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्दै आन्दोलन गरेको थियो। विभिन्न जिल्लामा समानान्तर कमिटी पनि गठन गरिएको थियो। प्रतिगमन गरेर आफूहरूलाई आन्दोलनमा जान वाध्य पार्ने ओलीले आत्मआलोचना गर्नु पर्ने नेपालनिकट तेस्रो तहका नेताहरूको माग छ।
अध्यक्ष ओलीले भने पहिला जे जे भयो अब मिलेर काम गरौं भन्ने गरेका छन्। उनले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका छन।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply