माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
१८ साउन, काठमाडौं । सरकारमा जाने मन्त्रीहरुको नाम टुङ्गो लगाउन आज सोमबार का लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज ३ बजेका लागि बोलाइएको बैठक नेताहरुको व्यस्तताको कारणले देखाउदै स्थगित भएको जनाइएको छ ।
आज पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंग्याउने बताइएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल सहभागी छन् । बाँकी पाँच जना मन्त्रीहरुको टुंगो आज लाग्ने माओवादी स्रोतको दावी छ ।
माओवादीको स्थायी कमिटी बैठक हिजो पनि बसेको थियो । उक्त बैठकले केन्द्रीय कमिटी बैठक १० दिन पर सार्दै साउन ३० मा बोलाउने निर्णय गरेको छ । उक्त मितिसम्ममा देशैभर वडा कमिटी गठन गरिसक्न पार्टीपंक्तिलाई निर्देशन समेत दिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply