प्रचण्ड–माधवबीच कोटेश्वरमा भेटवार्ता, सरकारमा सहभागिताबारे निर्णय हुने
१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज मंगलबार विहानै भेटवार्ता भएको छ । यसअघि नेपाल निवास कोटेश्वरमा दुई नेताबीच भेट हुने गरेकोमा आज कोटेश्वरकै एक व्यवसायीको घरमा माधव नेपाललाई भेट्न प्रचण्ड पुगेका हुन् ।
एमाले एकता वा विभाजनको निर्णायक चरणबाट गुज्रिरहेका बेला नेपालसँग प्रचण्डले भेटेका हुन् । नेपालको निर्णय नआएका कारण मन्त्रिपरिषद् विस्तार समेत रोकिएकाले आजको दुई नेताबीचको वार्तालाई निर्णायक मानिएको छ । ‘समसामयिक राजनीतिका साथै सरकारमा सहभागिताको विषयमा दुई जनाबीच मात्रै भेटवार्ता जारी छ, स्रोतले भन्यो ।
माधव नेपालमाथि एमालेमै मिल्न दोस्रो पुस्ताका नेताहरुले दबाब दिइरहेका छन् । अर्कोतिर २२ जना सांसदसहितका नेता कार्यकर्ताले सरकारमा जान दबाब दिएकाले नेपाल अनिर्णयमा छन् ।
आजको छलफलपछि माधव नेपालले सरकारमा सहभागिता नजाउने भएमा कांग्रेस, माओवादी र जसपाका मात्र मन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरिने भएको छ । आजै एमालेका नेताहरुले अध्यक्ष केपी ओलीसँग माधव नेपालको वार्ता गराउने प्रयास गरिरहेका बेला बिहानै प्रचण्डसँग भेट भएको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply