१९ श्रावण २०७८, मंगलवार १२:०७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
काठमाडौंको निषेधाज्ञा एकसाता लम्बियो, आजदेखि निषेधाज्ञा अनुगमनमा कडाइ
१९ साउन,काठमाडौं । कोभिड१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
तीनै सीडीओले निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णय समेत गरेका छन् । सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गर्ने निर्णय भएको काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।
अन्य आदेश भने साविककै कायम रहने निर्णय पनि प्रशासनले गरेका छन् । सुरक्षा निकायले नै निषेधाज्ञाको अनुगमन गर्ने भएका छन् । अहिलेको जारी निषेधाज्ञा साउन २० गते मध्यरातसम्म कायमै छ । एकसाताको संक्रमणको परिस्थिती हेरेर निषेधाज्ञाबारे थप निर्णय गरिने प्रमुख जिल्ला अधिकारीहरुले जनाएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply