एमाले स्थायी कमिटी बैठक शुरु
२५ साउन, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा शुरु भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु उपस्थित यस बैठकले आजै दिउँसो ३ बजे बस्ने भनिएको केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्ने जनाइएको छ । माधव नेपाल पक्षको आग्रहपछि एक दिन स्थगित गरिएको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्न लागेको हो । एमाले एकताका लागि केन्द्रीय कमिटी रोक्नुपर्ने अडान नेपाल पक्षले लिएको थियो ।
नेपाल पक्षको आग्रहपछि आइतवार दिनभर दुई पक्षका नेताहरु सहमतिको विकल्प खोज्न जुटेका थिए । विघटित कार्यदल सदस्यहरूबीच आइतवार एकता प्रयास भए पनि ठोस सहमति भइसकेको छैन ।
ओली पक्षको यसअघि नै बसेको स्थायी कमिटी बैठकले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार स्थायी समिति बैठकबाट विधान संशोधन मस्यौदा प्रस्ताव पारित गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply