२५ श्रावण २०७८, सोमबार १०:०५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमालेमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने प्रस्ताव
२५ साउन, काठमाण्डौ । नेकपा एमाले स्थायी कमिटीको बैठकले पार्टीमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने गरी विधान संशोधनको प्रस्ताव गरेको छ।
आज बसेको स्थायी कमिटी बैठकले उक्त प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्ने निर्णय गरेको छ। आजै केन्द्रीय कमिटी बैठकमा उक्त प्रस्ताव छलफलका लागि पेश हुने एक स्थायी कमिटी सदस्यले बताए।
अब महाधिवेशनमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुन्छन्। बाँकी पद अध्यक्षले मनोनयन गर्ने हो, ती स्थायी कमिटी सदस्यले भने, यो प्रस्ताव केन्द्रीय कमिटीमा जान्छ। केन्द्रीय कमिटीको तर्फबाट विधान अधिवेशनमा पेश हुन्छ।
प्रस्तावित विधान पारित भएमा अध्यक्ष, महासचिव र केन्द्रीय सदस्यहरू मात्रै निर्वाचित भए आउनेछन्।
हालको विधानमा एमालेमा अध्यक्षसँगै ५ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव र ५ सचिव निर्वाचित हुने प्रावधान छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply