अफगानिस्तानबाट अहिले सम्म २८८ नेपालीको उद्धार
३ भदौ, काठमाडौं । रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मित्रराष्ट्रहरुको निरन्तर प्रयास र समन्वयमा २८८ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो ।
भदौ १ गते विहान ११८ जना र राति ८४ जना तथा भदौ २ गते विहान ६१ जना र अपराह्न २५ जना काठमाडौं आइपुगेका हुन् । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृयामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उद्धार गरिएकाहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राख्ने र स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाउने गरिएको छ ।
मन्त्रालयको कन्सुलर सेवा विभागको वेब पोर्टलमा बुधबार साँझ ५ बजेसम्म २९६ जना नेपालीहरुले आफ्नो विवरण दर्ता गराएको र दर्ता भएकाहरू मध्ये १६ जना नेपाली नागरिकहरू उद्धार भई नेपाल आइसकेको मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानमा उद्धारको पर्खाइमा रहेका नेपालीहरूले काबुलमा रहेका सुरेश चन्द्र शर्मालाई +९३७८७८४५९९४ नम्बरमा भाइबर वा ह्वाट्सएप मार्फत् सम्पर्क गर्न सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै भाइबर/ह्वाट्सएप सुविधा सहितको मोबाइल नम्बरहरु +९७७ ९७४९३२६४५८, +९७७ ९७४९३२६४५९, +९७७ ९८४१७९२७७४ र +९१ ८९२९६०१९२५ मा विवरण टिपाउन पनि सकिने छ ।
अफगानिस्तानमै रहेका र आफ्नो नाम दर्ता नगराएकाहरूलाई आफैं वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट nepalconsular.gov.np मा विवरण दर्ता गराउन पनि सरकारले आग्रह गरेको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply